११ श्रावण २०८१, शुक्रबार

टीकापुर घटनाका तीन वर्षः पीडितले अझै न्यायको अनुभव गर्न पाएनन्



२०७२ भदौ ७ गते, टीकापुर । थारुवान÷थरुहट संघर्ष समितिको आह्वानमा टीकापुरको वरिपरिका गाउ“बाट हजारौंको संख्यामा प्रदर्शनकारी÷आन्दोलनकारी टीकापुरतिर ओइरिदै थिए । टीकापुर आसपासका क्षेत्रमा प्रशासनले कफ्र्यु लगाएको थियो । आन्दोलनकारी कफ्र्यु तोडेर प्रवेश गर्न अघि बढे । प्रहरीले रोक्ने प्रयास ग¥यो । भिडन्तको अवस्था सिर्जना भयो । । आन्दोलनकारीको हिंसात्मक आक्रमणबाट एह जना एसएसपीसहित आठ जना सुरक्षाकर्मी र डेढ वर्षीय बालकको मृत्यु भयो ।
टीकापुुरको त्यो रक्तरन्जित घटनामा संलग्न भएको भन्दै प्रहरीले ५८ जना विरुद्ध मुद्दा दायर ग¥यो । अहिलेसम्म प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरीसहित २५ जना पक्राउ परेका छन् । ३३ जना अझै फरार सूचिमा रहेका छन् ।
प्रहरीले घटनाको मुख्य योजनाकारका रुपमा राखेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य रेशमलालले गत फागुनमा अदालत सामु आत्मसमर्पण गरेका थिए । उनी अहिले काठमाडौं कारागारमा बन्दी छन् । टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मध्ये २४ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेका छन भने दुई जना बालकलाई पोखरा सुधार गृहमा राखिएको छ ।
टीकापुर घटनाको पहिलो पेसीले थुनामा रहेकाहरुलाई अदालतमा उपस्थित गराएर साक्षी सहित उपस्थित हुन आदेश दिइसकेको छ । अदालतले वादी र प्रतिवादीलाई आगामी २४ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
घटना भएको तीन वर्ष वित्दा समेत अदालतबाट कुनै सुनुवाई नहु“दा पुर्पक्षका लागि थुनामा रहेका अभियूक्तहरुको आफनै समस्या छ भने पीडितहरुले पनि न्याय पाएको महसुस गर्न सकेका छैनन् ।
प्रहरी वरिष्ठ उपरिक्षक, दुई जना प्रहरी निरिक्षक सहित आठ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको सो घटना बेला–बेला राजनीतिक आन्दोलन हो भनेर पनि चर्चामा आउने गर्छ । तर, पीडितका परिवारहरू त्यो मान्नै तयार छैनन । उनीहरुले दोषिलाई राजनीतिक हिसावले उन्मुक्ती दिन खोजीएको आरोप लगाएका छन् ।
‘देशको रक्षा गर्नका लागि ज्यानको आहुती दिनेहरुलाई राज्यले सम्मान दिन सकेन, उल्टै दोषिहरुलाई उन्मुक्ती दिएर जोगाउने चलखेल भईरहेको छ’ टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरिक्षक केशव बोहराका बुबा प्रेमसिंह बोहराले भने– हामीहरुले पनि न्याय पाउनुपर्छ, नत्र राजनीतिको आडमा दोषीलाई बचाउने षडयन्त्र भएमा न्यायका लागि लड्छौ ।’
राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरुले यसलाई राजनीतिक मुद्दा बनाउनुपर्ने भनेर सरकारलाई दबाब दिईरहेका छन् ।
थुनामा रहेकाहरुको पीडा
टीकापुर घटनामा थुनामा रहेका अभियुक्तहरू राजनीतिक क्रियाकलापस“गै विभिन्न व्यवसायमा संलग्न थिए । टीकापुर घटनामा संलग्न भएको अभियोगमा थुनामा परेपछि उनीहरूका परिवारमाथि आर्थिक बोझ थपिएको छ । बैंक ऋण लिएर व्यवसाय गरेका कतिपयले समयमा ऋण तिर्न नसकेपछि धरौटी स्वरुप राखिएको चलअचल सम्पत्ति लिलामी प्रक्रियामा पुगेको छ ।
जिल्ला अदालत कैलालीले सर्वसाधारणको लागि ५ गते बढाबढ प्रक्रिया अनुसार लिलाम गर्ने सूचना जारी गरे पनि लक्ष्मण थारुले ‘नगद दिने’ भनेर निवेदन पेस गरेपछि अहिले लिलाम प्रक्रिया स्थगित गरेको कैलाली जिल्ला अदालतका नायव सुब्बा जयदेव भट्टले बताए ।
लक्ष्मणले २०७२ सालभन्दा पहिले काठमाडौंमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका थिए । २०७२ सालको शुरुवातदेखि चर्किएको थरुहट÷थारुवान आन्दोलनको नेतृत्व गरेका उनको होटल फस्टाउन नपाउ“दै बन्द भयो ।
सञ्चालनको क्रममा होटलकै एक साझेदार काठमाडौं महानगरपालिका–३४ नया“वानेश्वरका रविन्द्र चौधरीलाई भुक्तान गर्नुपर्ने सा“वा ब्याजसहितको २१ लाख २६ हजार दुई सय ३१ रुपैया“ उनले अझै भुक्तानी गर्न नसकेको बताए ।
त्यसताका नेता लक्ष्मणले भुक्तानीको लागि जारी गरेको चेक बाउन्स भएपछि रविन्द्रले जिल्ला अदालत काठमाडौंमा सा“वाब्याज सहितको रकम भराई पाउ“ भनी मुद्दा दायर गरेका थिए । मुद्दाको मुद्दाको सुनुवाई गर्दै अदालतले उनको जायजेथाबाट असुली आदेश कार्यान्वयनको लागि जिल्ला अदालत कैलालीलाई पत्राचार गरेको थियो ।
अदालतका नासु भट्टका अनुसार नेता लक्ष्मणसहित उनको दाजु नैनकुमार र भाई धनकुमारको संयुक्त स्वामित्वमा रहेको धनगढी उपमहानगरपालिका–१८ (साविक फूलबारी गाविस–१) स्थित कित्ता नम्बर ६६३ को ६८५ वर्गमिटर कित्ता नम्बर ६६४ को १०२० वर्गमिटर र कित्ता नम्बर ६६७ को ३३० मध्ये ८ दशमलव ८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने सूचना जारी गरिएको थियो । तिनै कित्ताको न्यूनतम मूल्य २१ लाख ३० हजार रुपैया“ निर्धारण गरिएको थियो ।
कैलाली कारागारमा थुनामा रहेका लक्ष्मण भन्छन्– टीकापुर घटना हुनुपूर्व थारु भिलेज रिसोर्ट सञ्चालन गरेको थिए । तर, घटनापछि रिसोर्ट बन्द हुने अवस्था भयो । नेता लक्ष्मण भैरहवाबाट पक्राउ परेका थिए ।
अर्का थरुहट नेता एवं थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीको पनि व्यापार व्यवसाय चौपट भएको छ । उनले धनगढीको मिलन चोकमा अजगर काष्ठ फर्निचर उद्योग सञ्चालन गरेका थिए ।
धनगढीस्थित एनआईसीएसिया बैंकबाट ऋण लिएर कारोबार थालेका उनी थुनामा परेपछि m कारोबार बन्द भयो । गत वर्ष नै बैंकले नियमित व्याज र सा“वा बुझाउन नसकेको भन्दै धरौटी राखेको धनगढीस्थित दुई कठ्ठा जग्गामा बनेको एकतले घरसहित लिलामीको सूचना प्रकाशन गरेको थियो ।
सद्भाव बढ्दै
टीकापुर घटना हुनु अगाडि देखिनै ‘थारु’ र ‘पहाडी’ समुदायबीच दुरी बढ्दै गयो । टीकापुरमा प्रहरीसहित बालकको हत्या भएपछि त्यसले झन् चर्को रुप लियो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्– घटनाको केही महिनासम्म दुरी बढे पनि विस्तारै दुवै समुदाय बीच सद्भाव बृद्धि हुदै गएको छ । केही समय मन अमिलो भएपनि हाल सम्बन्ध विस्तार हुंदै जान थालेको छ । थारु र पहाडी समुदायबीच पारिवारिक सम्बन्धमा सुधार आएको छ ।
थारु र पहाडी समुदायको मिश्रित वसोवास रहेको जानकी गाउ“पालिका अध्यक्ष प्रदिप चौधरी भन्छन्– दुई समुदायबीच वैमनस्यता कम भइसकेको गत वर्ष भएको स्थानीय तहको निर्वाचनले पनि देखाईसकेको छ । गतवर्ष टीकापुर र आसपासका क्षेत्रमा दुवै समुदायका उम्मेदवारहरु विजयी भए । वडा तहमा थारु समुदायका प्रतिनिधि निर्वाचित भएपछि यो एक वर्षको अवधिमा आम नागरिकले सद्भाव बढेको महसुस गरेका छन् ।
गाउ“पालिका अध्यक्ष प्रदिप पनि टीकापुर घटनाका पीडित हुन । टीकापुर घटनापछि भदौं ८ गते उनको घरमा आगलागी भएको थियो ।
स्थानीय तहको निर्वाचनले थारु र पहाडी समुदायबीच दूरी न्यूनिकरण गरेकोका वेला सरकारले भदौ ८ गतेको आगजनीमा परेका थारु समुदायका व्यक्तिलाई गत वर्ष क्षतिपूर्ती दिएको थियो । क्षतिपूर्ति पछि आगजनी पीडितहरुले राहतको महसुस गरेका हुन् । क्षतिपूर्ति पछि दुई समुदायबीचको दूरी घटेको आभास भएको आगजनी पीडित बताउंछन् ।
२०७२ भदौ ७ गते टीकापुरस्थित सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ लेख्ने भन्दै आएका थरुहट कार्यकर्तालाई सुरक्षाकर्मीले रोक्ने क्रममा भएको झडपपछि हिंसात्मक घटना भएको थियो । घटनापछि टीकापुर र आसपासको क्षेत्रमा स्थानीय प्रशासनले डेढ महिनासम्म कफ्र्यु लगाएको थियो । तर अहिले आउ“दा धेरैले त्यो पिडालाई विर्सिदै पहिलैकै रुपमा अगाडी वढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार