दून एकेडेमीको वार्षिकोत्सव



धनगढी । धनगढीमा रहेको दून एकेडेमीको आठौं वार्षिकोत्सव सोमबार भएको छ ।
वार्षिकोत्सवको ७ नम्बर प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रमुख सचिव पौडेलले अबको शिक्षा प्रमाणपत्रमुखी नभएर व्यवहारमुखी हुनुपर्ने बताए । उनले प्रदेश सरकारले निजी क्षेत्रको सल्लाहलाई पनि शिक्षा नीति निर्माणमा समावेश गरिने बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख वीरबहादुर नेपाली, स्रोतव्यक्ति रामबहादुर शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति सदस्य वीरेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य रामकुमारी चौधरीले स्वागत गरेकी थिइन् ।
समारोहमा साहित्यकार मनिराम जोशी, शिक्षाप्रेमी भीमप्रसाद गौतम, सन्त बालबाबा, अभिभावक खडक चन्द र सीता शाहलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्