९ माघ २०८१, बुधबार

बाम गठबन्धनद्वारा चुनावी सभा



बौनिया । कैलालीको क्षेत्र नम्बर २ मा शुक्रबार बाम गठबन्धनले चुनावी सभा गरेको छ ।
बर्दगोरिया गाउँपालिकाको रानिकुण्डामा भएको चुनावी सभामा बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार झपट रावल र प्रदेश सभा सदस्य उम्मेदवार नन्दबहादुर साउँद, समानुपातिक लालबहादुर सोडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सभा बाम गठबन्धन वडा संयोजक भीम कुँवरको अध्यक्षतामा भएको थियो । सो अवसरमा प्रतिनिधि सभा सदस्य उम्मेदवार रावलले नदी नियन्त्रण, खानेपानी लगायतका योजना आफ्नो प्राथमिकता रहेको बताए ।
यसैबीच, संयुक्त बाम गठबन्धनले वडा नम्बर ३ मा वडा सम्पर्क कार्यालय स्थापना गरेको छ । उता प्रदेश सभा सदस्य उम्मेदवार रतन थापाले शुक्रबार पथरैया र लम्कीमा घरदैलो कार्यक्रम अघि बढाएका छन् ।
बाम गठबन्धनले चौरीमा पनि चुनावी सभा गरेकोा छ ।
चुनावी सभामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रावल, समानुपातिक लालबहादुर सोडारी, जिल्ला सदस्य रंगनाथ ढकाल, प्रदेश सदस्य महादेव बजगाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडाध्यक्ष माया विष्टको अध्यक्षतामा भएको थियो । भने कार्यक्रमको सञ्चालन केशव कार्कीले गरेका थिए ।

कात्तिक २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार