४ जेष्ठ २०८१, शुक्रबार

प्रमुख पदमा जम्मा १३ प्रतिशत महिला उम्मेदवार



काठमाडौं । राजनीतिक दलहरुले प्रमुख पदमा जम्मा १३ प्रतिशत महिला उम्मेदवार उठाएका छन् । उम्मेदवारको अन्तिम मनोनयन दर्ता अनुसार नगर र गाउँ कार्यपालिका प्रमुखमा तीन प्रदेशबाट जम्मा ३८ महिला उम्मेदवार चुनिएका छन् ।
वैशाख ३१ मा हुने पहिलाे चरणकाे निर्वाचनमा तीन प्रदेशका ३४ जिल्लाका ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिका र १८६ गाउँपालिका गरी कुल २८३ तहका प्रमुख पदमा जम्मा ३८ महिलाकाे उम्मेदवारी परेको हाे । याे हिसाबले जम्मा १३ प्रतिशत महिला प्रमुख पदमा उम्मेदवार छनाैट गरिएका छन् । अधिकांश महिला उम्मेदवार उपप्रमुखमा सिमित भएका छन् ।
राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गर्दा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान अनुसार दलहरुले प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलाको उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई वैशाख १९ गते उम्मेदवार मनोनयन गर्ने समयसीमा तोकेको थियो ।
कतिपय स्थानमा दलहरुको गठबन्धनका कारण दुवै पदमा महिला आउन नसक्ने स्थिती बनेको छ । राप्रपा र एमालेको गठबन्धनका कारण काठमाडौं महानगरमा पुरुष उम्मेदवार उठाउँदा महिला आउन सकेनन् । चुनावी तालमेल गराउँदा प्रमुख पदका दाबेदार नेपाली काँग्रेसबाट पवित्रा महत (थाहा नगरपालिका, मकवानपुर) र माअाेवादी केन्द्रबाट पूर्वसभासद कुमारी मोक्तान ( हेटौंडा उपमहानगरपालिका) ले उम्मेदवारी फिर्ता लिएका छन् ।
हालसम्म प्राप्त तथ्याङ्क अनुसार, तीनवटै प्रदेशका ३४ जिल्लाका चारवटा महानगरपालिका, ९२ वटा नगरपालिका र १८६ गाउँपालिकाको प्रमुख र उपप्रमुखको मनोनयन दर्तामा नेपाली काँग्रेसले ७, एमालेले ८ , माओवादी केन्द्रले १४ र राप्रपाले ६ जना महिलालाई प्रमुख पदमा उठाएको छ ।
यस्तै, विवेकशील दलबाट रञ्जु न्यौपाने (दर्शना) (काठमाडौं महानगरपालिका),परिवार दलबाट हरिप्रिया अधिकारी (सूर्यगढी गाउँपालिका, नुवाकोट) र नेपाल मजदुर किसान पार्टीबाट शोभा त्वाती (सूर्यविनायक नगरपालिका, भक्तपुर) मेयरका उम्मेदवार छन् ।
हालसम्म प्राप्त तथ्याङ्क अनुसार यी प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा प्रमुख पदका महिला उम्मेदवार-

नेपाली काँग्रेस
माया राना (म्याग्दे गाउँपालिका, तनहुँ), गंगा दाहाल (दुधौली नगरपालिका, सिन्धुली), कान्तिका सेजुवाल (चन्दनाथ नगरपालिका,जुम्ला), लक्ष्मी पाण्डे (हुस्सेकोट गाउँपालिका, नवलपरासी), छुपीमाया गुरुङ (दुधपोखरी गाउँपालिका, लमजुङ), अनिता लामा(चामे गाउँपालिका, मनाङ), गण्डकी थापा अधिकारी (डीगाड गाउँपालिका, बाग्लुङ) ।

नेकपा माओवादी केन्द्र
रेणु दाहाल (भरतपुर महानगरपालिका, चितवन), प्रतिमा श्रेष्ठ(मध्यपुर थिमी नगरपालिका), सावित्रादेवी पाण्डे गजुरेल (कमलामाई नगरपालिका, सिन्धुली), जानुका सापकोटा (पनौती नगरपालिका),सरस्वती लामा (कविता) (धुलिखेल नगरपालिका, काभ्रे), रीता ढकाल (मण्डन देउपुर नगरपालिका) , जुनकुमारी बोहोरा (ठूली भेरी नगरपालिका, डोल्पा), सुष्मा खनाल (मध्यविन्दु नगरपालिका, नवलपरासी), दीपा बोहरा (सुनकोसी गाउँपालिका), लक्ष्मी थापामगर (ज्वालामुखी गाउँपालिका, धादिङ), कल्पना कार्की (आँधीखोला गाउँपालिका), राधा सापकोटा (मादी गाउँपालिका, कास्की), प्रविणा अधिकारी (माछापुच्छे गाउँपालिका), लक्ष्मी लामा (नाशोङ गाउँपालिका, मनाङ) ।

नेकपा एमाले
भगवती न्यौपाने (भानु नगरपालिका, तनहुँ), चन्द्रा पुन (कावासोती नगरपालिका), सीमा क्षेत्री (पुतलीबजार नगरपालिका, स्याङजा), प्रभा बराल राप्ती नगरपालिका, भीमलादेवी चन्द (दार्मा गाउँपालिका, सल्यान), विन्दा ढुंगाना (सूर्यगढी गाउँपालिका, नुवाकोट), सीता अधिकारी (कालिका गाउँपालिका, रसुवा), दिलकुमारी छन्त्याल (तमानखोला गाउँपालिका, वाग्लुङ), ।

राष्ट्रिय प्रजातन्त्र पार्टी
गीता गुरुङ (पोखरा लेखनाथ महानगरपालिका, कास्की), लक्ष्मी जिम्बा(बकैया गाउँपालिका, मकवानपुर), देवकी बुढाथोकी (भीमेश्वर नगरपालिका, दोलखा), गंगा लामा (हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक), शोभा शाही(भेरी नगरपालिका, जाजरकोट), अलिसा नेपाली (दार्मा गाउँपालिका, सल्यान)।

विवेकशील दल
रञ्जु न्यौपाने (दर्शना) (काठमाडौं महानगरपालिका)

परिवार दल
हरिप्रिया अधिकारी (सूर्यगढी गाउँपालिका, नुवाकोट)

नेपाल मजदुर किसान पार्टी
शोभा त्वाती (सूर्यविनायक नगरपालिका, भक्तपुर)

(महिला खबर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार