१८ मंसिर २०८२, बिहीबार

रुकुममा प्रथम खुल्ला स्केटिङ प्रतियोगिता हुने




काठमाडौ,मंसिर १६ गते
/ नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको सयुक्त आयोजनामा प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता २०८२ यही मंसिर २७ गते बिहान १० बजेबाट सिस्ने गाँउ पालिका वडा नम्बर ६ चिउरेनीमा हुने भएको छ ।


खुल्ला प्रतिस्प्रधामा नेपाल भरीका महिला तथा पुरुष खेलाडीहरु समाबेश हुने छन । प्रतिस्पर्धामा प्रथम, द्रितिय र तृतिय स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीहरुले नगद पुरस्कार १० हजार , सात हजार, पाँच सय र पाँच हजार रुपियाँसहित मेडल प्रमाणपत्र र सान्तवना पुरस्कार दिइने भएको छ ।


सो प्रतिस्पर्धामा अनुभवी प्रशिक्षकहरु निर्णयक मण्डलका सदस्यहरु संघका पदाधिकारीहरु तथा खेलाडीहरु उपस्थित रहि अन्तराष्टिय मापदण्ड अनुरुप खेल संचालन गरिने संघका प्रमुख प्रशिक्षक दिलिपराज बरालले बताए ।


युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको विकाश, प्रबद्र्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार