३१ भाद्र २०८१, सोमबार

विप्लव माओवादीद्वारा प्रदर्शन



धनगढी । नेत्रबिक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा धनगढीमा प्रदर्शन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोको आयोजनामा धनगढीमा भएको जनजागरण तथा प्रतिरोध सभाको बिहीबार धनगढीको ट्राफिक चौराहदेखि पार्कसम्म विरोध र्‍याली निकालिएको थियो ।
र्‍यालीपछि आयोजित कोणसभामा माओवादी विप्लवका प्रवक्ता खड्क विश्वकर्माले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा प्रतिरोध गर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो इञ्चार्ज सिकन्दर खड्काको अध्यक्षतामा भएको सभामा पोलिटब्युरो सदस्य उमा भुजेलले पनि मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार