१४ बैशाख २०८१, शुक्रबार

यी हुन् मिर्गौला रोगका १० संकेत



प्रायः मिर्गौला रोग सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ ।मुत्रविज्ञका अनुसार गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गाैला खराब हुन्छ । त्यसैले केही सावधानी अपनाउन सकेमा यसबाट बँच्न सकिन्छ ।

मिर्गाैलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक लक्षण यस्ता हुन्छन्, जसलाई नजरअन्दाज गरियो भने अन्ततः ज्यान नै जोखिममा पर्दछ:
१. बारम्बार पिसाब लाग्नु । रातमा अझ बढी पिसाब लागिरहनु ।

२. पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु ।

३. पिसाबमा रगत वा पिप देखिनु ।

४. जिउ सुन्निनु, जसलाई इडेमा भनिन्छ । मिर्गौला खराब भएसँगै शरीरमा जम्मा भएको पानी तथा नुन छानिएर बाहिर आउन पाउँदैन, त्यसैले शरीर फुल्छ ।

५. रक्तअल्पता र कमजोरी । मिर्गौला खराब भएसँगै रगतमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन, जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ ।

६. छालाको समस्या । मिर्गाैलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ ।

७. मुखबाट गन्ध आउने । मिर्गाैलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसकारण मुखबाट दुर्गन्ध आउँछ ।

८. रक्तचाप बढ्नु । मिर्गाैला खराब भएसँगै रगतमा पानी तथा नुनको मात्रा बढ्दछ, जसका कारण रक्तचाप बढ्दछ ।

९. वाकवाकी लाग्नु । मिर्गाैलाको खराबीका कारण शरीरबाट विषाक्त पदार्थ बाहिर आउन नपाउँदा जुनसुकै बेला रिँगटा लाग्ने र वाकवाकी लाग्ने समस्या हुन्छ ।

१०. जोर्नी दुख्ने । यो मिर्गाैला रोगको आम लक्षण हो । मिर्गाैला खराब भएसँगै जिउका धेरैजसो जोर्नी दुख्ने समस्या पैदा हुन्छ ।       – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार