२१ बैशाख २०८१, शुक्रबार

अन्तराष्ट्रिय सेफ सोसाइटी गठन : अध्यक्षमा भुसाल चयन




युरोप/ नेपाली खानालाई विश्वमा चिनाउन अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टा गठन गरिएको छ । माल्टाको बुजिब्बामा रहेको लजिज रेष्टुरेन्टमा अप्रिल २२ तारीख भएको भेलाले बासुदेव भुसाललाई अध्यक्षतामा चयन गर्दै अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टा गठन गरिएको हो ।

भेलाले उपाध्यक्षमा क्रमशः राजु अर्याल (बावु), तमबहादुर क्षेत्री, ध्रुवराज पाण्डे, उदयचन्द अधिकारी, सुरेन्द्रलाल दास, सचिवमा सुन्दर घिमिरे, सहसचिव अनिल उप्रेदी, कोषाध्यक्षमा एकराज पोखरेललाई चयन गरेको छ । त्यसैगरी सदस्यमा क्रमशः सागर तामाङ, जितबहादुर चौधरी, बिरबहादर गुरुङ, भिमबादुर गुरुङ, चेतबहादु रोका र पवन गिरी चयन भएकाछन् ।

सल्लाहकारमा अर्जुन केसी, तेजबहादुर लिम्बुलाई चयनगर्दै रोजगारीको सिलसिलामा नेपालहुँदै विदेशका विभिन्न ठाउँमा पुगेर भान्से (सेफको) काम गरेर रहेका नेपालीहरुलाई एकतावद्ध गर्ने र विश्वमा नेपाली खानाको प्रचार प्रसार गर्ने उद्येश्यले सेफ सोसाइटी माल्टा गठन गरिएको अध्यक्ष भुसालले बताए ।

नेपाली खानाको परिकारले नेपाललाई विश्वमा चिनाउन भूमिका खेल्ने भन्दै सेफ सोसाइटी माल्टा गठन गरिएको उपाध्यक्ष राजु अर्याल (बाबु) ले बताए । नेपाली खानाको परिकारसंगै नेपालको बारेमा विदेशीहरुलाई जानकारी गराउँदै माल्टामा अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले नेपाली खाना प्रर्दशनीमा ल्याउने अर्याल बताउँछन् । नेपाली खानाको प्रचारगर्दै विश्वमा चिनाउन सबै नेपालीहरु एकठाउँमा उभिनु पर्नेमा उनले जोडदिए ।

अन्तराष्ट्रिय सेफ सोसाइटीको लागि माल्टाबाट संयोजकमा बासुदेव भुसाल र सह–संयोजक बाबु अर्याल केहीदिन अगाडी चयन भएका थिए । उनीहरु दुबैजनाको अगुवाई र संयोजकत्वमा सोमबार भेला आयोजना गरी सेफ सोसाइटी माल्टा गठन गरिएको सचिब सुरेन्द्र घिमिरीले जानकारी दिएका छन् ।

भेलाले विपन्न परिवार, असहाय र दिनदुखीलाई सहयोग गर्ने हेतुले राहात कोष स्थापना गर्ने, सेफहरुको पहिचानको लागि (पोषाक) सेफकोट र परिचय पत्र बनाउने, मासिक बैठकमा संस्थाको हितको लागि लेवी रकम संकलन गर्ने, संस्याको लोगो र छाप बनाउने निर्णय गरेको अध्यक्ष भुसालले बताएका छन्

माल्टामा रहेका सबै नेपाली सेफहरुलाई एकिकृत गर्दै सदस्याता प्रदान गर्ने, प्रत्येक महिनाको पहिलो साताको सोमबारका दिन नियमित बैठक बस्ने, आर्थिक पार्दशिताको लागि नगदी रसिद बनाएर कारोबार गर्ने, संस्थाको आफ्नो फेसबुक आईडी, पेज, ह्वाट्सअप ग्रुप इमेल आइडी र टिकटक खोल्ने सर्वसम्मत रुपमा निर्णय भएको उपाध्यक्ष बावु अर्यालले जानकारी दिएकाछन् ।

नेपाली खानालाई विश्वमा चिनाउन सबैदेशमा रहेका नेपालीहरु एकजुट हुनुपर्ने भन्दै माल्टामा सेफ सोसाइटी गठन भएकोमा खुसी लागेको सहभागीहले बताएकाथिए । बावु अर्याल र बासुदेव भुसालको समन्वयमा राम्रो कामको सुरुवात भएकोले सहभागीहरुले दुबैजनालाई धन्यवाद् दिएका थिए । भेलामा सहभागी भएकाहरुले प्रमाणपत्र लिदै पदिय जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको उपाध्यक्ष ध्रुव पाण्डेले बताए । सहभागीलाई अध्यक्ष भुसाल र उपाध्यक्ष अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए ।

भेलामा नेपाली सेफहरुले आफ्नो जिवनको संघर्षको कथा सुनाउँदा एकआपसमा भावुक भएका थिए । एकले अर्काको सेफ बन्दाको कथा ध्यानपूर्वक सुनीरहेका थिए । समय समयमा माल्टामा रहेका नेपालीहरुलाई दक्ष बनाउन सीपमूलक सेफ (भान्से) सम्बन्धी तालीम आयोजना गर्नुपर्ने विषयमा जोडदिदै संस्थाले लिखित निर्णय गरेको काषाध्यक्ष एकलाल पोख्रेलले बताए ।

माल्टाको बुजिब्बामा रहेको लजिज रेष्टुरेन्टका संचालक एवम् अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका उपाध्यक्ष सुरेन्दलाल दासले संस्थाको हितको लागि हलभाडा र सहभागीलाई चियापानी सौजन्य गरेको सह–सचिव अनिल उप्रेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार