१५ बैशाख २०८१, शनिबार

माइकल फेल्प्स र सार्कबीच पौडी प्रतिस्पर्धा: २ सेकेण्डले सार्क विजयी



विश्वप्रसिद्ध पौडीबाज माइकल फेल्प्स १०० मिटरको स्पर्धामा अन्ततः पराजित भएका छन्। तर उनको यो पराजय कुनै मानिसविरुद्ध होइन, सार्क माछासँग हो।
फेल्प्सले ३८.१ सेकेण्डमा १०० मिटरको दूरी पार गरे भने सार्कले ३६.१ सेकेण्डमै त्यो दूरी पार गरेको थियो।
यद्यपि फेल्प्स र सार्कबीचको यो प्रतिस्पर्धा एकै स्थानमा भएको होइन।
वास्तवमा डिस्कोभरी च्यानलले सार्क सप्ताह मनाउन फेल्प्स र सार्कबीचको प्रतिस्पर्धा आयोजना गरेको थियो। यसका लागि सार्क र फेल्प्सलाई अलगअलग स्थानमा पौडाइएको थियो र कम्प्युटर सिमुलेसनका माध्यमले दुवैलाई साथमा देखाइएको हो।
थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफूहरुलाई झुक्क्याइको भन्दै च्यानलको आलोचना गरेका छन्।
ओलम्पिकमा २८ तक्मा जितेका फेल्प्सले सार्कसँग हारेपछि आफू पुनः प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन्।

(एजेन्सी, डिस्कोभरी)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार