१६ बैशाख २०८१, आईतवार

उन्मुक्ती अध्यक्ष रञ्जिताको सुदूरपश्चिम सरकार छोड्ने निर्देशन नमान्ने संकेत



धनगढी/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन नमान्ने संकेत दलका नेता घनश्याम चौधरीले दिएका छन् ।

उनले त्यो संकेत संस्थापक नेताद्धय तथा सामाजिक विकासमन्त्री लक्ष्मणकिशोर चौधरी, लक्ष्यबहादुर चौधरी र दामोदर पण्डितले विज्ञप्ती जारी गर्दे चैत १४ गतेको निर्णय मान्य नहुने बताएका छन् । चौधरीद्धयले संयुक्त र पण्डितले फरक विज्ञप्ती जारी गरेका छन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए लगत्तै उनीहरुले विज्ञप्ती जारी गरेका हुन ।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी थिइन। फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी छन्।

‘नागरिक उन्मुक्ति पार्टीको संस्थापक सदस्यहरुको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु , अध्यक्षले शुक्रबार पठाएको पत्रमा उल्लेख छ।

चैत १४ गतेको टीकापुरमा भएको निर्णयलाई काउन्टर दिदै उन्मुक्तिका दुई जना बिना विभागीय मन्त्रीहरुले बिहीबारमात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

२१ जनाको केन्द्रिय कमिटीका १२ जना पदाधीकारीहरुले संघमा पनि नयाँ गठबन्धन र प्रदेशहरुमा पनि सोही गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर मन्त्री भईसकेको उन्मुक्तिका प्रदेश सभा सदस्यहरु भने पार्टीको निर्देशनको पटक पटक अवज्ञा गर्दै आएका छन्।

तर संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन्। सुदूरपश्चिममा नाउपाका सात प्रदेशसभा सदस्य छन्। उन्मुक्तीले सरकार नछोडे अर्को सरकार त बन्दैन नै वर्तमान सरकार पनि टिक्न सक्ने अवस्था हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार