१४ बैशाख २०८१, शुक्रबार

निर्वस्त्र भएर भायलिन बजाउँदै आकाशबाट छलाङ



हवाइजहाजबाट नांगै हाम फाल्नु कुनै जोक होइन, किनकि यो जो कोहीले गर्न सक्ने काम हुँदै होइन । तर, अष्ट्रेलियाका संगीतकार ग्लेन डोनेलीका लागि भने यो जिन्दगीको एउटा इच्छा नै थियो । जसलाई उनले पूरा गरिछाडेका छन् ।
ग्लेनले आफ्नो ३० औं जन्मदिनका अवसरमा उनले निर्वस्त्र स्काइडाइभ गर्ने निधो गरे र त्यसरी तल खसिरहँदा भायलिनमा कुनै धून बजाउने योजना बनाए । आइतबार अष्ट्रेलियाको न्यु साउथ वेल्समा उनले यो कीर्तिमान राखी छाडे ।
स्काइडाइभिङको सुरुवातमा उनले बेलायती संगीतकार राल्फ भन विलियम्सको धून बजाए र तीव्र गतिमा तल झरिरहँदा उनले आफ्नै लागि ह्याप्पी बर्थडेको धून बजाए ।
बेलायती संगीतकारको धून हावामा उड्ने पंक्षीहरुप्रति समर्पित निकै उत्कृष्ट धून रहेको र आफ्नो त्यो बेलाका लागि उपयुक्त रहेको उनी बताउँछन् ।
न्यु साउथवेल्सका युवायुवतीहरुलाई आफ्नो स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यले उनले निर्वस्त्र स्काइडाइभ गरेका हुन् ।

भदाै १५ गते (epaper)

बीबीसी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार