१४ बैशाख २०८१, शुक्रबार

पुल बगेपछि स्थानीयलाई सास्ती



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको बडा नम्बर ८ र ९ लाई जोड्ने पुल बाढीले बगाएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
गत १९ गते खहरेखोलामा आएको बाढीले पुल बगाएपछि बडा नम्बर ८ र ९ का बासिन्दाले आवतजापतमा समस्या भोग्नु परेको स्थानीय वीरे धामीले बताए ।
पुल बगाएपछि सबैभन्दा बढी विद्यार्थीहरूले कठिनाई झेल्नु परिरहेको छ । बाढीले सो ठाउँको सिंचाई कुलो र केही खेतीयोग्य जमिन पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार