१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा क्षयरोगीको संख्या घटेन



धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोगीको संख्या देशमै सबै भन्दा बढि रहेको देखिएको छ ।

विश्वभर क्षयरोग बिरुद्धको दिवस मनाइरहेको बेला सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकका अनुसार सुदूरपश्चिममा क्षयरोगी बढि देखिएका हुन् । ‘अबको गन्तब्य, क्षयरोगको अन्त्य’ भन्ने नारा सहित आइतबार नेपालमा पनि क्षयरोग बिरुद्धको दिवस मनाइएको छ ।
सरकारले सन् २०१६ देखि २०२५ सम्म नेपालमा ७५ प्रतिशत क्षयरोगीको संख्या घटाउने लक्ष्यका साथ काम गरिरहेको भएपनि सुदूरपश्चिममा क्षयरोगीको संख्या घटेको छैन । सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले नेपालमै सबैभन्दा बढी क्षयरोगी सुदूरपश्चिम प्रदेशमा रहेको बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा एक हजार पाँच सय ७५ जना क्षयरोगका बिरामी फेला परेको बताए । चालू आर्थिक बर्षको हालसम्म प्रदेश भरी ४ सय ८० बिरामी फेला परेका छन् । आर्थिक वर्ष सन् २०११÷१२ मा एक हजार पा“च सय ६९, २०१२/१३ मा एक हजार पा“च सय ६१, २०१३/१४ मा एक हजार सात सय १५, २०१४/१५ मा एक हजार छ सय ४९, २०१५/१६ मा एक हजार चार सय ८२ र २०१६/१७ मा एक हजार पाँच सय ७१ जनालाई क्षयरोग देखिएको थियो ।
डा। अवस्थीले गरिब घरपरिवारका मानिसले पोषिलो खाना नपाउने भएकाले उनीहरुमा क्षयरोग बढि देखिएको बताए । उनले क्षयरोग लाग्न नदिनका लागि पोषिलो खानेकुरा खान आवश्यक रहेको बताए ।
निर्देशनालयका अनुसार गतवर्ष तीन हजार ६२ जना र यस वर्ष एक हजार १६ जनामा सामान्य खालको क्षयरोग देखिएको छ । आर्थिक वर्ष सन् २०११/१२ मा तीन हजार तीन सय ९७, २०१२/१३ मा तीन हजार चार सय ८८, २०१३/१४ मा तीन हजार पाँच सय नौं, २०१४/१५ मा तीन हजार तीन सय ५९, २०१५÷१६ मा दुई हजार नौ सय ६५ र २०१६/१७ मा तीन हजार ६२ जनालाई सामान्य खालको क्षयरोग देखिएको थियो ।
संख्यात्मक रुपमा सबैभन्दा बढी क्षयरोगी कैलाली जिल्लामा देखिएपनि प्रति एक लाख जनसंख्यामा कति जनालाई रो गलागेको छ भन्ने आधारमा अनुपात निकाल्दा कञ्चनपुरमा बढी संक्रमण रहेको पाइएको छ । निर्देशनालयका अनुसार कञ्चनपुर जिल्लामा प्रति एक लाख जनसंख्यामा १ सय ६० जनामा क्षयरोगको संक्रमण रहेको पाइएको छ ।
सरकारले क्षेयरोगको अन्त्यकका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको र सुदूरपश्चिम प्रदेशका ४ सय २७ वटा स्वास्थ्य केन्द्रबाट क्षयरोगको औषधी बिरामीलाई निशुल्क उपलब्ध गराइने गरेको निर्देश डा. अवस्थीले बताए । उनका अनुसार सुदूरपश्चिममा एक सय चार वटा खकार जाँच केन्द्र छ भने पाँच वटा जिन एक्सपर्ट सेन्टर, चार वटा डिआरटिबि उपचार केन्द्र र दुई वटा उपचार केन्द्र छ । कडा खालका क्षयरोगीलाई राखेर उपचार गर्ने अस्पताल एउटा मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार