१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी (उजुरी सहित)



काठमाडौ । पत्नी सीता दाहालको उपचारका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ अमेरिकामा विरुद्ध उजुरी परेको छ ।

केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले अध्यक्ष प्रचण्डविरुद्ध उजुरी गरेका हुन् । उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
’आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए ।’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ, ‘उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढि गरिब नेपाली मारिएका थिए । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन् ।’

नेकपा अध्यक्ष विरूद्ध परेको उजुरी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार