२० बैशाख २०८१, बिहीबार

यस्तो छ मुख्यमन्त्री सोडारीको जीवनी



धनगढी/ मुख्यमन्त्री दीर्घबहादुर सोडारी बुवा लोकबहादुर सोडारी र आमा कटुदेवीको पहिलो सन्तानका रुपमा २०३४ फागुन १६ गते अछाम जिल्लाको हालको मंगलसैन नगरपालिकाको कालागाउँमा जन्मेका हुन ।

सोडारीको माविसम्मको शिक्षा अन्नपूर्ण माविमा भएको थियो भने उच्च शिक्षाको अध्ययन कैलाली बहुमुखी क्याम्पसमा भएको थियो । स्नातक तहसम्मको अध्ययन गरेका सोडारी २०४६ सालमै नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियूको सदस्य, २०४८ सालमा अछाम क्षेत्र नम्बर–२ को क्षेत्रीय सचिव भए । उनी कैलाली बुहुमुखी क्याम्पसमा ०५१ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटीको उपाध्यक्ष, अध्यक्ष हुदै जिल्ला सदस्य र केन्द्रीय सदस्य भए ।

२०५० सालदेखि मसुरियामा बसोबास र पार्टी राजनीति थालेका सोडारीले पार्टीको तत्कालिन इलाका कमिटी सचिव, २०६० सालमा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुदै छैठौं जिल्ला अधिवेशनबाट २०६६ सालमा पार्टीको जिल्ला सचिव चुनिए । उनी सातौ अधिवेशन बाट २०७० सालमा नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।

प्रसस्त पाका पुराना पार्टी नेताहरुको उपस्थिति रहेको कैलाली जिल्लामा पुरानो र नयाँ पुस्ताबीच समन्वयकारी भूमिकामा पोख्त सोडारी ३६ वर्ष कै उमेरमा एमालेको अध्यक्ष चुनिएका थिए । यसका साथै उनले नेकपा (एमाले) को आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न अवसर पाएका थिए ।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पदमा उम्मेदवार भएका सोडारी माओवादी केन्द्रका उम्मेदवारसंग पराजित भए भने २०७४ एमाले र माओवादी गठवन्धनका साझा उम्मेदवार भएर चुनाव कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट जितेका थिए ।

कुशल संगठककारुपका क्रियाशील युवा नेता सोडारी २०७४ असारमा सम्पन्न स्थानीयको तहको निर्वाचनमा नेकपा ९एमाले० कैलालीका १३ मध्ये ७ वटा तहमा प्रमुख पदमा निर्वाचित गराउन सफल भए । उनकै पार्टी नेतृत्वकालमा एमालेले कैलालीमा पहिलो पटक जिल्ला समन्वय समिति वनाउन सफलता हासिल गरेको थियो ।

उनी ०७४ को सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास र भौतिक पूर्वाधार विकासमन्त्री गरेर दुईपटक मन्त्री भएका थिए ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको केन्द्रीय सदस्य हुनु भएका सोडारी सोही बेला समाजवादीको दलको नेता भएका थिए ।

०७९ मा कांग्रेस, माओवादीबाट कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभाक ९क० बाट फेरि निर्वाचित हुनु भएका मुख्यमन्त्री सोडारी अहिले समाजवादीको दलको नेता छन् ।

उनले विभिन्न समयमा जापान, बंगलादेश पाकिस्तान, भारत, कम्वोडिया, चीन, थाइलैण्डको भ्रमण गरेका छन् । उनी देश भित्रका जनपक्षीय आन्दोलन तथा लोकतन्त्र पुनस्थापना र सवलीकरणका आन्दोलनमा १४ पटक गिरफ्तारीमा परेर जेल बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार