१४ बैशाख २०८१, शुक्रबार

साथी दौतरी शिक्षा सचेतीकरण तालीम सम्पन्न



धनगढी ।  अभिभावकहरुका लागि साथी/दौतरी शिक्षा सम्वन्धि तालीम शुक्रवार धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

अभिभावकलाई घरमा बाबालिकाको पढाईको वातावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत सो तालीम दिइएको हो । नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न, शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावकबीच र शिक्षक अभिभावकबीच नियमित छलफल गर्न, सहयोग गर्न र ज्ञान सीपको विकास गर्ने उद्देश्यले तालीम आयोजना गरिएको कार्यक्रम अधिकृत राजेन्द्र रैकाले बताए ।
तालीमको उद्घाटन धनगढी उपमहानगरपालिका वडा नं ८ की वडा सदस्य पार्वती विकले उद्धघाटन गरेकी थिइन् । उनले तालीमले प्रारम्भिक तहका विद्यार्थीहरुको पठन सीपमा पर्याप्त सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।


तालीममा अभिभावकहरूलाई आप्mना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आप्mना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्पm केन्द्रित गराउन ज्ञान र सिपका वारेमा अधिकृत राजेन्द्र रैका र प्रारम्भीक कक्षा पढाई शिक्षक मिना चौधरीले अभिमुखीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार