१४ बैशाख २०८१, शुक्रबार

नगर स्तरीय परीक्षा सञ्चालन



बैतडी । बैतडीको पाटन नगरपालिकाले पहिलो पटक नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । कक्षा ८ को परीक्ष पालिका स्तरीय गर्नुपर्ने भएपनि पाटन नगरपालिकाले कक्षा ५ को पनि नगरस्तरीय परीक्षा सञ्चालन गरेको जनाएको छ । नगरपालिकाका ६४ वटै सामुदायिक विद्यालयहरूमा मंगलबारदेखि नगरस्तरीय परीक्षा सुरु भएको छ ।
पाटन नगर प्रमुख केशवबहादुर चन्दले सामुदायिक विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन र परीक्षा सञ्चालन पछि कमीकमजोरी पत्ता लगाएर गुणस्तरीयता कायम गराउन आवश्यक कार्यक्रम ल्याउने उद्देश्यले परीक्षा सञ्चालन गरिएको बताए ।
कक्षा १ देखि कक्षा ९ सम्मका सबै प्रश्नपत्र पनि नगरपलिकाले नै निर्माण गरेको छ । शिक्षाको गुणस्तरीयता मापन गर्नको लागि नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयका विषय शिक्षकलाई प्रस्न निर्माण समितिभित्र राखेर प्रश्नपत्र निर्माण गरेको जनाएको छ ।
कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्न लागेको जिल्लाको पहिलो नगरपलिका पाटन नगरपालिका हो ।
नगरपालिकाले परीक्षा सञ्चालनका लागि ५८ जना सुपरीवेक्षक परीचालन गरेको छ । कक्षा ५ र ८ को परीक्षालाई नगरस्तरीय परीक्षाको रूपमा सञ्चालनग गरेकोले ६४ वटा सामुदायिक विद्यालयहरूमध्ये कक्षा १ देखि कक्षा ८ सम्म पढाई हुने सामुदायिक विद्यालयका लागि सुपरीवेक्षक परिचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार