१४ बैशाख २०८१, शुक्रबार

सहिद गौतमको सालिक बनाउने मन्त्री सुवेदीकाे उद्घाेष



धनगढी । कञ्चनपुरको नेपाल–भारत सीमाको पुनर्वासमा भारतीय सशस्त्र प्रहरी बलको गोली लागी निधन भएका गोविन्द गौतमको सम्झनामा प्रदेश सरकारले सालिक निर्माण गर्ने भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा पर्ने आनन्द बजार नजिक सहिद गौतमको सालिक बनाइने सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । पुनर्वास नगरपालिकाले आयोजना गरेको तेस्रो गौतम स्मृति दिवसमा कुरा बताएका हुन् ।
मन्त्री सुवेदीले सहिद गौतमको फोटोमा माल्यार्पण गर्दै बर्दी बिनाका सीमाका सिपाहीको सुरक्षाका लागि प्रदेश सरकार सधैं तयार रहेको समेत बताए । उनले आइतबार नेपाल र भारतको सिमाको समेत अवलोकन गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक तारालामा तामाङले सहिदको सपना साकार पार्न तदानुरुप सरकारले काम गर्नुपर्ने औंल्याए । सीमा सुरक्षाका लागि लड्ने गोविन्द गौतमको स्मृतिमा सहिद पार्क निर्माणको मागसमेत उनले गरे ।
पुनर्वास नगरप्रमुख जीवनराज थापाले कार्यक्रममा सहिद गौतमका आमाबुबालाई दोसल्ला र नगदले सम्मान गरिएको छ भने तीनै छोरीलाई बार्षिक १० हजार दिनेसमेत घोषणा गरे । २०७३ फागुन २६ गते गोविन्द गौतमको भारतीय एसएसबीको गोलीबाट हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार