१४ बैशाख २०८१, शुक्रबार

महिला, शिशु तथा किशोरी लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन



धनगढी  । टीकापुर नगरपालिकाले महिला, शिशु तथा किशोरी लक्षित स्वास्थ्य सेवा कार्यक्रम अघि बढाएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७५÷०७६ मा स्वास्थ्य सेवा शिर्षकमा एक करोड ४० लाख रुपैया“ विनियोजन गरेकोमा गर्भवती महिला, शिशु तथा किशोरी स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
नगरपालिकाले सुत्केरी महिलालाई लक्षित गरेर ‘होम टु हस्पिटल’ अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रम शुरु गरेको जनाएको छ । यस कार्यक्रम अन्तर्गत घरबाट सुत्केरीलाई एम्बुलेन्सबाट बोकेर अस्पताल पु¥याइने जनाइएको छ । नगरपालिकाको आठ लाख र रेडक्रस सोसाईटीको दुई लाख ५० हजार समेत १० लाख ५० हजार रुपैया लागतमा टीकापुर अस्पतालमा एम्बुलेन्स खरिद गरिएको थियो । सो सेवा यसै महिनादेखि शुरु गरिएको टीकापुर नगरपालिकाका स्वास्थ्य इन्चार्ज बलबहादुर रावलले बताए ।
त्यस्तै, टीकापुर नगरपालिकाले निःशुल्क रगत वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । ‘अस्पतालमा प्रति महिना झण्डै ६० पोका रगत आवश्यक हुन्छ’ स्वास्थ्य इन्चार्ज रावलले भने– हामीले रक्त सञ्चार केन्द्रलाई प्रतिव्यक्ति आठ सय ५० रुपैया दिन्छौं, तर बिरामीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेका छौं ।
स्वास्थ्य इन्चार्ज रावलले टीकापुर अस्पतालमा अधिका“स सुत्केरी महिलालाई नै बढी रगतको आवश्यक हुने हु“दा सो कार्यक्रममा जोड दिइएको बताए । गत कात्र्तिक ८ गतेबाट शुरु भएको यो कार्यक्रमबाट तीन महिनाको अवधिमा एक सय १५ जनाले निःशुल्क रगत पाइसकेको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै, टीकापुर नगरपालिकाले नवजात बालबालिकालाई लक्षित गरेर अस्पतालमा बालरोग विशेषज्ञ सेवा पनि शुरु गरेको जनाएको छ । अस्पतालमा डेढ महिनाको अवधिमा बालरोग विशेषज्ञ चिकित्सकबाट एक हजार तीन सय तीन जना बालबालिकाले सेवा पाइसकेका छन् । ‘सिमित साधनस्रोतबाट सेवा दिइरहेका छौ“, अब छिट्टै एनआइसीयु सेवा सञ्चालन हु“दैछ’ बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुरले भने– यस अवधिमा एउटा बच्चाको पेटमा अड्केको वस्तु निकाल्नका लागि मात्र नेपालजञ्ज अस्पतालमा रेफर गर्नुप¥यो, बा“की सबैको टीकापुर मै राम्ररी उपचार भएको छ । बालरोग विशेषज्ञ डाक्टरका लागि टीकापुर नगरपालिकाले अहिले वार्षिक २६ लाख रुपैया विनियोजन गरेको छ । टीकापुर अस्पतालमा कोरियाको सहयोगमा आइसीयु, एनआइसीयू कक्ष तयार भए पनि जनशक्ति अभावमा सञ्चालनमा आएको छैन ।
नगरपालिकाले किशोर किशोरीलाई लक्षित गर्दै नगरभित्रका सात वटा विद्यालयमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा पनि शुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयबाट एक÷एक जना छात्र र छात्रा, एक स्वास्थ्य शिक्षक छनौट गरि उनीहरुलाई यौन तथा प्रजनन् शिक्षा लगायत अन्य रोगबारे प्रशिक्षण दिइने छ । प्रशिक्षण पाएका टोलीले आ–आफनो विद्यालयमा सो बारे विद्यार्थीहरुलाई जानकारी दिने इन्चार्ज रावलले बताए ।
‘एक वडा–एक स्वास्थ्य केन्द्र’
टीकापुर नगरपालिकाले ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ अवधारणा बमोजिम अघि बढेको जनाएको छ ।
नौ वडा रहेको टीकापुर नगरपालिकाले अहिलेसम्म आठ वटा वडामा स्वास्थ्य केन्द्रको स्थापना गरिसकेको जनाएको छ । नगरपालिकाभित्र एउटा अस्पताल, दुई स्वास्थ्य चौकी र पा“च वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् भने स्वास्थ्य संस्था टाढा भएको वडा नम्बर ७ मा यहि महिनाबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको स्वास्थ्य शाखा इन्चार्ज रावलले जानकारी दिए ।
शहरी स्वास्थ्य केन्द्रमा नेपाल सरकारको मापदण्डअनुसार हेल्थ असिस्टेण्ट, अनमीलगायतका स्वास्थ्यकर्मीमार्फत निःशुल्क औषधि र तोकिएका सेवाहरु दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार