१३ बैशाख २०८१, बिहीबार

लम्कीटीकापुर प्रेस युनियनमा न्यौपाने



टीकापुर । नेपाल प्रेस युनियन लम्कीटीकापुर शाखाको अध्यक्षमा देवानन्द न्यौपाने चयन भएका छन् ।
शुक्रबार टीकापुरमा भएको युनियनको चौथो शाखा अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय नयां कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा रतन चौधरी र सिर्जना भण्डारी, सचिवमा नेत्रप्रसाद जैशी, कोषाध्यक्षमा वीरेन्द्र शाह र सहसचिवमा अनिला चौधरी चयन भएका छन् ।
त्यस्तै, सदस्यमा गणेश क्षेत्री, गोविन्द बिसी, हिक्मत उपाध्याय आलोक, समिक्षा भूल, सुनिता परियार, शेरबहादुर चौधरी र तुल्सी सञ्ज्याल चयन भएका छन् ।
त्यस्तै, केन्द्रीय प्रतिनिधिमा भूवनेश्वर अधिकारी, रंगप्रसाद तिमिल्सिना, कर्णबहादुर कुवर, परमानन्द पाण्डे, डम्बर बम, नमराज उपाध्याय, दुर्गा देवकोटा, सीता खनाल, जमुना न्युरे, तुलसी देवकोटा, र लोकबहादुर देउवा चयन भएका छन् ।
निर्वाचन समिति सदस्य बलबहादुर बिष्टका अनुसार प्रदेश प्रतिनिधिमा रामबहादुर चौधरी, युवराज न्यौपाने, पूर्ण थापा, चन्द्रप्रसाद खनाल, लोकेन्द्र रावल, बुद्धिप्रसाद खनाल, सुरज साउद, नवराज खनाल, दिलबहादुर चौधरी, टेकबहादुर सोडारी, पद्मिनी थापा, सरस्वती भाट, माया परियार, रेखा थापा र कुसुम धामी रहेका छन् ।
यसअघि प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले अधिवेशनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद उमादेवी बादी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, पूर्व उपाध्यक्ष मनमोहन स्वार, केन्द्रीय सदस्यद्वय टेकबहादुर सार्की र जगत साउद, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह, महासंघका प्रदेश महासचिव योगेश रावल, नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज रावल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम युनियनका निवर्तमान अध्यक्ष डम्बर बमको अध्यक्षतामा भएको थियो । सचिव पूर्ण थापाले सञ्चालन गरेको कार्यक्रममा दुर्गा देवकोटाले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार