१४ बैशाख २०८१, शुक्रबार

बालकको हर्नियामा आन्द्रा अड्किने समस्या



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरका जीवन चौधरीका तीन महिने छोराको हर्नियामा आन्द्रा अड्किएको समस्या देखिएको छ । जन्मदेखि नै हर्निया हुने समस्या आजभोलि बढ्दै गए पनि हर्नियामा आन्द्रा अड्किने समस्या कम व्यक्तिमा देखिने गरेको चिकित्सकहरू बताउँछन् ।तीन महिने बालकमा यस्तो समस्या देखिएपछि धनगढीस्थित निसर्ग अस्पतालमा यसको सफल उपचार भएको छ । वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मेघराज आलम अन्सारी र वरिष्ठ एनेस्थेसिया तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर हेमन्त ओझा लगायतको टिमले सफल अप्रेसन गरेको जनाइएको छ ।
“जन्म देखिनै हर्नियाको समस्याबाट पीडित जीवनको छोराको आन्द्रा हर्नियासँग अल्झिएर झन् समस्या बढेको थियो” डाक्टर अन्सारीले भने– “त्यसैमा आन्द्रा अड्किने र एपेन्डिक्स समेत भई सुन्निएर फुट्ने अवस्थामा रहेको थियो ।”
डाक्टर आलमका अनुसार यसरी दायाँ पट्टीको कमर र तिघ्राको बीचको भागमा जन्मजात हर्नियाले गर्दा आन्द्रा अड्किई सुन्निएको र फुट्न लागेको एपेन्डिक्स आन्द्रा दुर्लभ एवं जटिल समस्या हर्निया भएका बिरामीहरूमध्येमा पनि ०.०८ प्रतिशत बिरामीहरूमा मात्र देखिने समस्या हो ।
सुदूरपश्चिम प्रदेशमै आईसियु, एनआईसियु, भेन्टिलेटर, आधुनिक अप्रेसन थिएटर भएको एकमात्र सुविधासम्पन्न हस्पिटलका रूपमा रहेको निसर्ग हस्पिटलले गुणस्तरीय उपचार तथा स्वास्थ्य सेवा नपाएर ईन्डिया, नेपालगञ्ज, काठमाडौं जानुपर्ने बाध्यतालाई केही हदसम्म भएपनी रोक्न सकेको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार