१४ बैशाख २०८१, शुक्रबार

आरएमई जेटीकप च्याम्पियन



बौनिया । टीकापुरको आरएमई जेटीकप क्रिकेट च्याम्पियन बनेको छ । उपाधिसँगै आरएमईले ६१ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । आरएमईको यो लगातार तेस्रो उपाधि हो ।
शनिबार भएको फाइनल खेलमा आरएमईले उज्यालो लम्कीलाई ४३ रनले पराजित गर्दै उपाधि उचाल्यो ।
उपविजेता उज्यालोले ३१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्‍यो ।
शनिबार भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आरएमईले निर्धारित २० ओभरमा छ विकेटे क्षतिमा एक सय ४१ रन बनायो । आरएमईका जीवन ठकुल्लाले ३४ बलमा सात चौक्का र एक छक्का सहित ५२ रन बनाए । त्यस्तै निखिल बुढाले ४९ रन बनाए ।
प्रतिउत्तरमा उज्यालो लम्की १७ दशमलव पाँच ओभरमा ९८ रनमा अलआउट भयो । उज्यालोका कमल रावलले २७ रन बनाए ।
बलिङतर्फ आरएमईका विवेक न्यौपानेले चार विकेट लिए । सो खेलमा आरएमईका जीवन ठकुल्ला म्यान अफ द म्याच बने ।
प्रतियोगितामा आरएमई टीकापुरका लोकेश कठायत उत्कृष्ट ब्याट्सम्यान बने भने उत्कृष्ट बलर आरएमई टीकापुरका आदेश परियार बने ।
त्यस्तै, म्यान अफ द सिरिज कालिका मावि, नौनियाका प्रवेश साउँद बने भने उदयमान खेलाडी स्वयम्भुनाथका मनिष न्यौपाने बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार