१४ बैशाख २०८१, शुक्रबार

अनौठो बच्चा जन्मियो



धनगढी। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ३, लायकपुरमा एक अनौठो बच्चाको जन्म भएको छ । जानकी गाउँपालिका–३, लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले मंगलबार बिहान अनौठो शिशु जन्माएको बताइएको छ ।
नवजात शिशुको चार हात, चार खुट्टा र दुई मेरुदण्ड रहेका छन् । टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नरेन्द्रकुमार खनालले मंगलबार बिहान छ बजेतिर शिशु जन्मिएको बताए । उनका अनुसार समय नपुग्दै अगाडि जन्म लिदा असामान्य रहेकाले जन्मेको चार घण्टामै मृत्यु भएको थियो । चौधरीले छ महिनामै सो बच्चालाई जन्म दिएकी थिइन् ।
उनका अनुसार शान्तिलाई सोमबार दिउसो ३ बजे प्रसूति व्यथा लागेको थियो । उनलाई राति १० बजे मात्रै अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चौधरीले सामान्य तरिकाले बच्चालाई जन्म दिएकी थिइन् । चौधरीको यो पहिलो सन्तान हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार