१४ बैशाख २०८१, शुक्रबार

सम्भावनालाई यथार्थमा परिणत गर्न लाग्नुपर्छ



प्रदेश सरकार गठन भएको छैन । सरकार गठन भएपछि प्रदेशको आर्थिक स्रोत के के हुन् भन्ने छलपल होला । गरिवी र पच्र्छौटेपनको समस्या लगायतका चुनौति रहेका छन् । कहाँबाट आर्थिक स्रोत जुटाउने लगायतका चुनौति छन् ।
अहिले डोटी लगायत केही स्थानमा राजधानीका लागि आन्दोलन भइरहेको छ । जनताले आफ्नो ठाउँमा राजधानी माग्नु स्वाभाविक हो । तर, सबै ठाउँमा राजधानी बनाउन सम्भव छैन् । केही न केही मापदण्ड नभई राजधानी बन्दैन ।

वीरभान चौधरी
प्रदेश सभा सदस्य, कैलाली

प्रदेश सभाले नै राजधानी र नामको टुंगो लगाउने संवैधानिक व्यवस्था रहेको छ । व्यक्तिगत रूपमा म यस प्रदेशको राजधानी कैलालीमा बनाउन पहल गर्छु ।
७ नम्बर प्रदेशमा आर्थिक समृद्धिका सम्भावना धेरै छन् । यहाँ जलविद्युत, पर्यटन, जडिबुटी, वन, उब्जनी लगायतले धेरै सम्भावना बोकेको क्षेत्र हो । सम्भावनालाई यथार्थमा बदल्न धेरै काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार