१६ बैशाख २०८१, आईतवार

सुदूरपश्चिमको पार्टी एकताबद्ध बनाएर ०८४ मा एमालेलाई पहिलो बनाउँछौं : अध्यक्षका प्रत्यासी तिमिल्सेना



५५ वर्षीय कमलप्रसाद तिमिल्सेना नेकपा (एमाले) सुदूरपश्चिम कमिटीको उपाध्यक्ष हुन । २०४४ सालदेखि अनेरास्ववियु, तत्कालिन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय, एमालेको जिल्ला कमिटी सदस्य (२०४७), २०६६ मा एमालेको जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य हुँदै तिमिल्सेना अहिले प्रदेश कमिटीका उपाध्यक्ष छन् ।
तिमिल्सेनाले आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविकरुपमा दावेदार भएको बताएका छन् । प्रस्तुत छ नेता तिमिल्सेनासंग असोज २१ र २२ गते हुने प्रदेश अधिवेशनका सन्दर्भमा गरिएको कुराकानीको सारसंक्षेप ।

तपाई एमालेको पहिलो प्रदेश अधिवेशनको अध्यक्षको उम्मेदवार हुने चर्चा छ ? के के छन् तपाईका ऐजेण्डा ?
म उपाध्यक्ष भएर प्रदेशको कामको अनुभव समेत संगालिसकेकोले स्वभाविकरुपमा प्रदेश अध्यक्षको दावेदार हो । पार्टीलाई अझ एकतावद्ध बनाउन, पार्टीमा समन्वयकारी भूमिका खेल्न, संविधानको कार्यान्वयन गर्न, पार्टी भित्र दक्षिणपन्थी अवसरबाद, संगनात्मक अराजकता हुर्किन नदिनका लागि मेरो उम्मेदवारी हो ।
सबै खालका घेरोवन्दी तोडेर ०८४ को चुनावमा पार्टीलाई तीनवटै पहिलो बनाउने मुख्य लक्ष्य छ । यस्तैगरेर सुदूरपश्चिमको विकासका लागि यहाँको जलस्रोत, पर्यटन, जडीबुटी र खाद्यान्नको सदुपयोग गरेर यहाँको गरिबी अन्त्य गर्ने, अन्याय अत्याचारको अन्त्य गर्ने मेरा चुनावी ऐजेण्डा हुन ।

तपाईको उम्मेदवारी घोषणा किन ढिलो आएको हो ?
उपयुक्त समय नै अहिले हो नि ! आज प्रतिनिधि छानिदै छन् । आन्तरिक चुनावमा उम्मेदवारी घोषणा गर्न किन हतार गर्नु र ? सबैसित सरसल्लाह गरेर मेरो उम्मेदवारी तय गरेको छु ।

सरसल्लाह नेताहरुसित गर्नु भयो कि कार्यकर्तासंग ?
मैले मतदाता साथीहरु, यस क्षेत्रका केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु र केन्द्रका पदाधिकारीसंग छलफल गरेर उम्मेदवारी तय गरेको हो ।

भनेपछि संस्थान पक्षको उम्मेदवार हो ?
म प्रदेशको उपाध्यक्ष हो संस्थापन नै हु । त्यसैमा पार्टी केन्द्र पनि मेरो पक्षमा हुन्छ ।

प्रदेश अध्यक्षमा सहमति हुन्छ भन्ने पनि कुरा आएको छ नि ? तपाई धारणा के हो ?
सहमतिको प्रयत्न भइरहेको छ । त्यो प्रयासलाई तार्किक निश्कर्षमा पुगाउनुपर्छ । म सहमतिको बाधक होइन । अहिलेको कमिटीको उपाध्यक्ष पनि भएकोले मेरो नाममा सहमति हुन्छ भन्नेमा विश्वास छ ।

अछामकै पुराना नेता कृष्णप्रसाद जैसीले पनि अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । एउटै जिल्लाका दुई जना अध्यक्षमा भिड्नु हुन्छ त ?
कृष्णप्रसाद जैसीलाई उपयुक्त जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता हो । उहाँले मलाई सहयोग गर्नुहुन्छ भन्ने लाग्छ ।

उहाँले तपाईलाई छोड्नु भएन भने चुनावमा भिड्नुहुन्छ त ?
उहाँ मलाई छोड्नुहुन्छ । उहाँलाई उपयुक्त जिम्मेवारी दिन हामी लाग्छौ । छोड्नु भएन भने लोकतान्त्रिक पद्धतिमा जान कठिनाई मान्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार