२१ मंसिर २०८२, आईतवार

नवर्दुर्गा मुर्ति परिक्रमा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १३, झलारीको मुडाटोलमा नवर्दुर्गा मुर्तिको परिक्रमा गराइएको छ ।
नवनिर्मित नवदुर्गा मन्दिरमा स्थापनार्थ सो मुर्तिलाई बुधबार मुडाटोलका स्थानीयहरूले गाउ“ परिक्रमा गराए । धनगढी उपमहानगरपालिका वडा नम्बर ४, शहितगेट चटकपुरका प्रेम खड्काको परिवारले मुर्ति निर्माण गरी मन्दिरलाई हस्तान्तरण गरेका थिए ।
मुर्ति हस्तान्तरपछि स्थानीयहरूले टोल परिक्रमा गरी मन्दिरमा राखेको नवदुर्गा मन्दिर उपभोतmा समितिका अध्यक्षय खडक बोगटीले जनाए । उनले गणेश रुद्रि सत्यनारायणको पुजा गरेर आज (बिहिबार) मन्दिरमा मुर्ति स्थापना गरिने वताए ।
२५ लाख रुपैयाको लागतमा मन्दिरको निर्माण भएको समितिका कोषाध्यक्ष मोहनबहादुर कुवरले बताए । धनगढी उपमहानगरपालिले पांच लाख र वडा नम्बर १३ को वडा कार्यालयको तीन लाख तथा बाकी स्थानीयको श्रमदानबाट मन्दिर निर्माण भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार