६ पुष २०८१, शनिबार

सामुहिक बलात्कारको आरोपमा दुई पक्राउ



धनगढी । कञ्चनपुर प्रहरीले सामुहिक बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ नौखरीकी एक १७वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा शुक्लाफा“टा नगरपालिका वडा नम्बर ११ का १९ वर्षीय धिरेन्द्र थापा र भुपेस ऐरलाई पक्राउ गरेको जनाइएको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक नैनसिंह साउदले बताए । प्रहरी निरीक्षक साउदका अनुसार सामुहिक बलात्कार घटनामा पाच जनाको संलग्नता रहेको थियो ।
उनले घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको बताए । उनका अनुसार पक्राउ परेकाहरूबाट एक मोटरसाईकल र एक खुकुरी समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार