१९ पुष २०८२, शनिबार

अन्तर्राष्ट्रिय नारी दिवसमा पदयात्रा



धनगढी । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार पदयात्रा गरिएको छ । सञ्चार माध्यममा महिला सहभागिताका लागि पदयात्रा आयोजना गरिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को अवसरमा नेपाल पत्रकार महासंघ, नेपाल वातावरण पत्रकार समूह, क्रियाशील पत्रकार महिला र फ्रिडम फोरम लगायत सरकारी तथा गैरसरकारी निकायको आयोजनामा पदयात्रा गरिएको थियो ।
धनगढीको चौराहाबाट सुरु भएको पदयात्रा सामाजिक विकास मन्त्रालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।
सञ्चार माध्यम भित्र र सञ्चार माध्यममार्फत सबैतिर महिला सहभागितालाई प्राथमिकता दिएर सहभागिता बढाउन दबाब सिर्जना गर्ने उद्देश्यले पदयात्रा गरिएको आयोजकले जनाएकोे
पुरुषहरूलाई पनि बराबरी हिस्सेदारी बनाउन र महिला अधिकार मानव अधिकार हो भन्ने कुरामा पुरुषहरूको ऐक्यवद्धताका लागि पदयात्रा सन् २०१४ मा सुरु गरिएको हो ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा यस वर्षको नारा ‘लैगिंक समानताका लागि समान सोच, व्यवहार समृद्धिको आधार’ भन्ने रहेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ । यो सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार