७ पुष २०८१, आईतवार

एचआईभी संक्रमित महिलाहरूलाई मनोपरामर्श



लम्की । लम्कीचुहा नगरपालिकाद्वारा वडा नम्बर १ भुरुवामा सञ्चालित एचआईभी संक्रमित महिलाहरुका लागि मनोपरामर्श कार्यक्रम बिहीबार समापन भएको छ ।

कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता धनराज विकले मनोसामाजिक सेवा कार्यक्रमबाट मनोसामाजिक असरलाई कम गरी खुसीसाथ जिउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा सहभागी ईन्द्रा विकले सबै दिदीबहिनी एकै ठाउ“मा जम्मा भएर सुखदुःखका कुरा गर्न पाउ“दा मन शान्त भएको बताइन् ।
लम्कीचुहा नगरपालिकामा एचआईभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको गोरेटो नेपालका अध्यक्ष धनिराम जैशीले नगरपालिकाले सञ्चालन गरेको मनोसामाजिक परामर्श सेवा कार्यक्रमका कारण एचआईभी संक्रमित भएर जीवनदेखि निराश भएकाहरुको आत्मबल बढाउन सहयोगी भएको बताइन् ।
मनोसामाजिक परामर्शकर्ता विकले पा“च महिनासम्म नियमित रुपमा फरक फरक विषयमा समूहगत रुपमा परामर्श र मनोसामाजिक समस्या भोगीरहेकाहरुलाई व्यक्तिगत घरभेटघाट परामर्श सेवा प्रदान गरिने बताए ।
सो अवसरमा सरिता साउ“दको संयोजकत्वमा १२ जना एचआईभी संक्रमित महिलो समूह गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार