१४ कार्तिक २०८१, बुधबार

सिद्धिविनायक मन्दिरको उद्घाटन



धनगढी । धनगढी उपमहानगरपालिका वडक नम्बर २ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिंगधाममा नवनिर्मित सिद्धिविनायक मन्दिरको बिहीबार उद्घाटन भएको छ । बिहिवार आयोजित एक विशेष कार्यक्रममा जनकपुर मटियानी धामका छोटे महन्त डाक्टर रविन्द्र प्रसाद दासस्वामीले सो मन्दिरको उद्घाटन गरे ।धनगढीका टेकराज जोशी, रविन जोशी र नविन जोशीको सहयोगमा सो मन्दिर निर्माण भएको जनाइएको छ ।
सिद्धिविनायक भगवानको मूर्तिको प्राण प्रतिष्ठा तथा मन्दिरको उद्घाटन पछि महायज्ञमा बोल्दै मटियानीधामका स्वामी रविन्द्रप्रसादले शिवपुरीधाम देशकै अलौकिक धार्मिक क्षेत्र रहेको र धामको विकासका लागि बह्मनिष्ठ स्वामी लोकानन्द महाराजको योगदान स्मरणीय रहको बताए ।
दानदाताहरुको सहयोगमा शिवपुरीमा अरु थुपै्र धार्मिक संरचनाहरु निर्माण भएका छन् । नेपालको पहिलो १०८ फिट अग्लो ज्योतिलिंग रहेको शिवपुरीधाम विश्वकै नमूना धार्मिक स्थल बन्न सक्ने उनको भनाइ थियो ।
फागुन २ गतेदेखि शिवपुरीमा गणेश पुराण अनुष्ठान संचालन भइरहेको छ । १३ गतेसम्म संचालन हुने महायज्ञमा हरेक दिन भक्तजनहरुको भिड बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार