६ पुष २०८१, शनिबार

प्रतिपक्ष दलले भनेः सम्बोधन निराशाजनक



धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले प्रधानमन्त्री केपि शर्मा ओलीको सम्बोधन निराशाजनक रहेको प्रतिक्रिया दिएका छन् ।

‘प्रधानमन्त्रीजस्तो मान्छेले गरिमामय संसदमा सम्बोधन गर्नु महत्वपूर्ण कुरो हो तर, उहा“को सम्बोधनमा वार्षिक रुपमा रेड बुकमा छुट्याइएको योजनाका बारेमा जानकारी गराउने काम भयो’ नेपाली का“ग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खडकाले भने ‘यो प्रदेशको पर्यटकिय स्थल, कृषि क्षेत्र, राष्ट्रिय गौरवको ठोस योजनाबारे जानकारी दिनुपर्थ्यो तर, निरन्तर छुट्याएको बजेटका बारेमा बाहेक अन्य केही छैन ।’ उनले प्रधानमन्त्रीको बोलीमा पनि कुनै दम्भ नदेखेको बताए ।
‘हामीले यस क्षेत्रको विकासका लागि १२ वटा बु“दा सहितको पुर्वाधार विकासका योजना बुझाएका थियौं’ उनले भने ‘पश्चिम सेती परियोजनाबारे त प्रधानमन्त्री आफै अलमलमा देखिए । ‘बनाउनुपर्ने हो तर म प्राविधिक होइन …अब भारत..’ लगायत लटपट कुरा गरे ।’ उनले प्रधानमन्त्रीले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबारे पनि स्पष्ट योजना व्याख्या गर्न नसकेको बताए ।
नेपाली का“ग्रेसकी प्रदेश सभा सदस्य नन्दा कुमारी बमले विगतका सरकारले गरेको कामलाई प्रधानमन्त्रीले आफुले गरेको भन्नु आपत्ती जनक रहेको बताईन् । ‘हामीले प्रधानमन्त्रीबाट यस प्रदेशका लागि विकास, शान्ति सुरक्षा लगायतमा नया“ नौलो कुरा केही पनि पाएनौं’ उनले भनिन् ‘विगतमा भएका योजना तथा कामहरु मैलेनै गरेको हु“ भन्ने जस्तो कुरामा आपत्ती छ । नगरेको काममा जस लिनु भो । खास यो कुरालाई सम्बोधन गर्नुपर्दैनथ्यो ।’
उनले प्रधानमन्त्रीले दोभाषे कुरा गरेको पनि बताईन् । ‘प्रधानमन्त्रीले चुरे क्षेत्रको संरक्षण पनि गर्नुपर्छ भने संगसंगै राजधानी गोदावरी उपयूक्त ठाउ भन्नु भयो’ उनले भनिन् ‘चुरे क्षेत्रलाई संरक्षण पनि गर्ने र राजधानी पनि उपयूक्त भन्ने दोहोरो भुमिका जस्तो देखियो ।’
राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सदस्य मालामती रानाले पनि सम्बोधनमा कुनै नौलो कुरा नआएको बताईन् । ‘पुराना पास भएका योजनालाई प्रस्तुत गर्नुभएको छ । जुन आश्वासन दिनुभएको छ त्यो कार्यान्वयन भए राम्रो होला’ उनले भनिन् ‘तराई क्षेत्रमा बसेका थारुहरुको नामै लगेनन् अब विकासको कुरा त परै छोडौं ।’ उनले प्रधानमन्त्रीले विगतका योजनालाई निरन्तरता दिएको छु भन्नु भएको भए राम्रो हुने सुझाव दिईन् ।
प्रदेश सभा सदस्य रानाले सभामा राजधानी गोदावरी उपयूक्त हो भन्नुमा आपत्ती जनाईन् । ‘प्रदेशको राजधानी र नामाकरण तोक्ने प्रक्रियानै गलत भएको थियो’ उनले भनिन् ‘तर, यसरी बहुमतकै आधारमा प्रधानमन्त्रीले उपयूक्त हो भन्नु ठिक थिएन् ।’
प्रदेश सभामा धन्यवाद प्रस्ताव आउनु नियम विपरित भएको बताईन् । ‘सभामुखले प्रधानमन्त्रीलाई धन्यवाद दिनु त ठिकै हो तर, प्रस्तावनै ल्याउनु उचित होइन्’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार