१६ पुष २०८२, बुधबार

खुला भलिवल प्रतियोगिता



बौनिया । कैलालीको मोहन्याल गाउपालिकामा शुक्रबार खुल्ला भलिवल प्रतियोगिता भएको छ । भलिवल प्रतियोगिताको उपाधी मोहन्याल गाउपालिका वडा नम्बर २ को छडी युवा क्लवले जितेको छ । जीतसंगै छडी युवा क्लवले ३० हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।
प्रतियागितामा द्वितिय भएको घोडाघोडी नगरपालिकाको रामशिखरझालाले २० हजार तथा तृतिय भएको न्यु बर्दगोरीया क्लव, झगडपुरले १० हजार रुपैया पुरस्कार पाएको छ । प्रतियोगितामा सान्त्वना स्थान पाएको साईनिङ स्टार युवा क्लवले पांच हजार प्राप्त गरेको छ ।
ईन्द्रेणी सामुदायिक वन र त्रिवेणी सामुदायिक वनको संयुक्त आयाजनामा भएको प्रतियोगितामा ११ वटा टीमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार