१८ पुष २०८२, शुक्रबार

जागौं युवा, लागौं युवा अभियान



धनगढी । राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघ सुदूरपश्चिम कमिटिले जागौ युवा लागौ युवा अभियान सञ्चालन गर्ने भएको छ ।
संघको ३८ औ स्थापना दिवसको अवसरमा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज प्रशान्त थापाले केन्द्रीय कार्यक्रम बमोजिम सुदूरपश्चिम प्रदेशमा पनि अभियान सञ्चालन गरिने बताए ।
उनले अभियानका क्रममा घर–घरमा भेटघाट, कोणसभा, भेला, प्रचारात्मक सहितका कार्यक्रम गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार