१७ पुष २०८२, बिहीबार

डाक्टर केसीको जीवन रक्षाको माग : चिकित्सकहरूको आन्दोलन चर्कियो



धनगढी । १६ औं पटक अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरू आन्दोलमा उत्रिएका छन् । १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन नगरिएपछि डाक्टर केसी १६ औं पटक अनसनमा बसेका छन् ।
चिकित्सा शिक्षा सुधारको प्रमुख मागमा अडिग डाक्टर केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरू अनिश्चितकालीन रिले अनसन सहित आन्दोलनमा उत्रिएका छन् ।
नेपाल मेडिकल एसोसिएसनमा आवद्ध सुदूरपश्चिम प्रदेशका चिकित्सकहरूले बुधबारदेखि आन्दोलन अघि बढाएका छन् । विगतमा डाक्टर केसीस“ग भएको सम्झौता बमोजिम संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गर्दै अनशसमा रहेका डाक्टर केसीको जीवन रक्षाका लागि आफूहरू पनि अनशनमा बसेको सेती अञ्चल अस्पतालका डाक्टर कपिल गौतमले बताए ।
नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीले उपचार सेवामा कुनै अवरोध नपर्ने गरी दुई÷दुई जनाको समूह बनाएर अनशन बसिरहेको बताए ।
डाक्टर केसी नेपाली जनताको लागि लामो समयदेखि संघर्ष गरिरहे पनि सरकारले कुनै चासोे नदिएकोमा चिकित्सकहरूले खेद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार