१४ कार्तिक २०८१, बुधबार

एक्सिसको प्रथम साहित्य सम्मेलन



धनगढी । धनगढीस्थित एक्सिस विद्याश्रममा बुधबार प्रथम साहित्य सम्मेलन भएको छ । साहित्य सम्मेलनमा धनगढीका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
‘डर त्रास, हौसला र प्रेरणाका साथ एक्सिस विद्याश्रम’ भन्ने नाराका साथ भएको साहित्य सम्मेलनमा नेपाली तथा अंग्रेजी भाषामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
साहित्य सम्मेलनमा नेपाली कविता प्रतियोगितामा एक्सिस विद्याश्रमका लक्ष्मी क्षेत्री र कैलाली विद्या निकेतनका पवन भट्ट प्रथम भए । भने स्टेपिङ स्टोन बोर्डिङ स्कूलका कान्ति पाण्डे द्वितीय र पञ्चोदय माविका सन्देश जोशी तृतीय भए ।
त्यस्तै, अंग्रेजी कविता प्रतियोगितामा एक्सिस विद्याश्रमका सिद्धि पन्त प्रथम, क्यास्पीयन एकेडेमीका एञ्जल चन्द द्वितीय, र एरिष्टो इंग्लिस बोर्डिङ स्कुलका सुनैना बस्नेत तृतीय भए ।
प्रतियोगितामा एक्सिस विद्याश्रम, ऐश्वर्य विद्या निकेतन, एरिष्टो इङ्सिल बोर्डिङ स्कुल, क्यास्पीयन एकेडेमी, कैलाली विद्या निकेतन, पञ्चोदय माध्यामिक विद्यालय, स्टीपीङ स्टोन बोर्डिङ स्कूल, शारदा विद्या मावि लगायत १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रम एक्सिस विद्याश्रमका प्रिन्सिपल अनिता पन्तको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार