लोकसेवा तयारी कक्षा समापन
सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा दुई महिनादेखि सञ्चालित लोकसेवा तयारी कक्षा बुधबार समापन भएकोा छ ।
घोडाघोडी नगरपालिकाको आयोजनामा सञ्चालित लोकसेवा तयारी कक्षामा एक सय ३० जना सहभागी रहेको जनाइएको छ । बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख ममताप्रसाद चौधरी, उपप्रमुख प्रेमकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा लगायतले विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
लोकसेवा आयोग तयारी कक्षा सञ्चालनका लागि नगरपालिकाले सात लाख रुपैया बिनियोजन गरेको थियो ।