१८ पुष २०८२, शुक्रबार

क्यास्पियन कप शुरु



धनगढी । क्यास्पीयन कपको छैठौं संस्करण मंगलबारदेखि धनगढीमा सुरु भएको छ । खेल कैलाली बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको मंगलबारको खेलमा ऐश्वर्य विद्या निकेतन र कैलाली विद्या निकेतनले विजयी सुरु गरेका छन् ।
ऐश्वर्यले शारदा मावि वैय्यावेहडीलाई २८ रनले हरायो । टस जितेर पहिले व्याटिङ गरेको ऐश्वर्यले निर्धारित १० ओभरमा छ विकेट क्षतिमा ९३ रन बनायो । ऐश्वर्यका धिरेन्द्र मल्लले २४ र केशव शाहीले अविजित १९ रन बनाए । शारदा गौरव कार्की र निखिल ओलीले दुई÷दुई विकेट लिए ।
प्रतिउत्तरमा शारदा १० ओभरमा चार विकेटको क्षतिमा ६५ रनमा सीमित भयो । शारदा रविन्द्र रोकायाले अविजित १७ र जीवन अछामीले १७ रन बनाए । मंगलबारको अर्को खेलमा कैलाली विद्या निकेतनले आयोजक क्यास्पियन एकेडेमीलाई ३१ रनले हरायो । पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले १० ओभरमा सात विकेट क्षतिमा ८२ रन बनायो । कैलाली विद्या निकेतनका निल शाहले १५ र शरिष सिराडीले १४ रन बनाए । ८३ रनको विजय लक्ष्य सहित मैदान ओर्लिएको क्यास्पीयन निर्धारित १० ओभरमा सात विकेट क्षतिमा ५१ रनमा सिमित भयो । क्यास्पीयन रिकेश लामिछानेले ३० बनाए पनि टीमलाई जिताउन सकेनन् ।
कैलाली विद्या निकेतनका अशोक बुढा र मुकेश शाहले दुई/दुई विकेट लिए ।
आगामी २१ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले ३१ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक तपराज विनाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार