२ माघ २०८१, बुधबार

सभामुख थापाद्वारा पार्टीको सदस्यता त्याग



धनगढी । प्रदेश ७ का नवनिर्वाचित सभामुख अर्जुनबहादुर थापाले पार्टीको साधारण सदस्यतासहित सम्पूर्ण जिम्मेवारी त्यागेका छन् ।
सभामुखमा निर्वाचित भएपछि कुनै पनि पार्टीको सदस्य हुनु अनुचित हुने भएकाले एमालेका पुराना नेता थापाले बिहीबारदेखि पार्टीका सम्पूर्ण पद तथा साधारण सदस्य समेत त्याग गरेको बताए ।
उनले पार्टीका सम्पूर्ण जिम्मेवारी त्याग गरेको पत्र एमाले उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज भीमबहादुर रावललाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार