२ माघ २०८१, बुधबार

छाउपडी कुप्रथाविरुद्ध जनचेतनामूलक वृत्तचित्र



बौनिया । कैलालीको सुखडमा आइतबार छाउपडी कुप्रथा विरुद्धको जनचेतनामुलक वृत्तचित्र ‘चेतना’ विमोचन गरिएको छ ।
सुख्खडको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीहरूमाझ एक कार्यक्रमको आयोजना गर्दै सो वृत्तचित्रको विमोचन गरिएको थियो ।
असहायका लागि सहयोगी हातहरू, नेपाल र लालीगुँरास सेवा समाज, बहराईनको संयुक्त पहलमा सो वृत्तचित्र निर्माण भएको जनाइएको छ । वृत्तचित्रको नवराज रिमालले निर्देशन गरेका छन् ।
कार्यक्रमको पुर्व राज्यमन्त्री मोहनसिंह राठौरले उद्घाटन गरेका थिए । कार्यक्रम असहायका लागि सहयोगी हातहरू संस्थाका अध्यक्ष बलबहादुर बिष्टको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेम कुमारी थापा, घोडाघोडी बहुमुखी क्याम्पसका सहायक प्रमुख भवानीप्रसाद तिवारी, अध्यापक चेतराज विनाडी, अध्यापक लक्ष्मीप्रसाद भटराई, घोडाघोडी बहुमुखी क्याम्पस स्ववियु सभापति जिवन विसी, लालीगुँरास सेवा समाजका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, नेपाली देशभक्त युवा समाज टीकापुरका अध्यक्ष नारायण ढुंगाना, घोडाघोडी बहुमुखी क्याम्पसका अनुसन्धान प्रमुख पुष्पराज जोशी, लगायतको उपस्थिति रहेको थियो ।
सो वृत्तचित्र डोटी, डडेल्धुरा र अछाममा प्रदर्शन गरिने जनाइएको छ ।
संस्थाका बरिष्ट उपाध्यक्ष हरिकमल ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विकास थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार