२४ पुष २०८२, बिहीबार

अन्तर पुस्ता सरोकारवाला प्यानल संवाद



सुशासन भ्रष्टाचार नियन्त्रण निर्वाचन प्रक्रिया, जेन्जी तथा यूवाको राजनीति सहभागिता अन्तर पुस्ता सरोकारवाला प्यानल संवाद कार्यक्रम सम्पन्न भएको छ ।

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार सुशासन भ्रष्टाचार नियन्त्रण निर्वाचन प्रक्रिया, जेन्जी तथा यूवा पुस्ताको राजनीतिमा सहभागिता अन्तर पुस्ता सरोकारवाला प्यानल संवाद भएको हो ।

महासंघका प्रदेश अध्यक्ष देवी खनालको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा सम्बोधन उनले सुशासन भ्रष्टाचार नियन्त्रण निर्वाचन प्रक्रिया, जेन्जी तथा यूवा पुस्ताको राजनीतिमा सभागिता आवश्यक रहेको बताए । उनले मुलुकमा सुशासनका कमी देखिएसँगै भ्रष्टाचार मौलाइएको कारण त्यसलाई नियन्त्रणका लागि आवाज उठदै आएको बताए ।

अन्तर पुस्ता सरोकारवाला प्यानल संवाद कार्यक्रममा पत्रकार अर्जुन शाह सहजीकरण गरेका थिए । त्यसमा प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमराज भट्ट, नेकपा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, नेपाली कम्युनिष्ट पार्टीका जनक बुढा, नेपाली काँग्रेसका सुनिता भण्डारी, नागरिक समाज तथा इन्सेक प्रदेश संयोजक खडकराज जोशी, जेन्सी पुस्ताका सरिता जोशी भाग लिएका थिए ।

अन्तर पुस्ता सरोकारवाला प्यानल संवादमा प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमराज भट्ट निर्वाचनका लागि राजनीतिक दल मुख्यपात्र रहेकोले यसलाई सम्पन्न गर्न सकारात्मक भुमिका निर्वाह गरिदिन आग्रह गरे । आयोगले निर्वाचन सम्पन्न गर्नका लागि सबै जना मिलेर समन्वय गरी अघि बढन जरुरी रहेको बताए ।

नेकपा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी माग र आन्दोलन गर्नु जायज रहेको भन्दै विगतका इतिहासलाई औंल्याउन जरुरी रहेको बताए । इन्सेक प्रदेश संयोजक खडकराज जोशी जेन्जी आन्दोलनपछि बदलेको राजनीतिक वातावरण, संक्रमणकालिन सत्ता, निर्वाचन नजिकदै गरेको अवस्थामा बढदै गरेको राजनीतिक अन्यौलता, सुशासन अभिवृद्धि, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा जेन्जी र यूवालाई राजनीतिक सहभागिताबारे संवाद आवश्यकता रहेको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई, केन्द्रीय सचिव सावित्रा घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नरदिप धामी अब हुने निर्वाचनमा मतदान स्थल अपाङ्तामैत्री हुनुपर्ने, जेन्सी यूवा पुस्ताका सन्तोष रावल विदेशमा रहेका यूवाहरुले पनि सहभागिता गराउनुपर्ने माग र यौनिक तथा लैङिक अल्पसंख्यक समुदायबाट निरङ चौधरीले आफ्नो धारण व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार