मानव अधिकार र आम निर्वाचनबारे अन्तरपुस्ता संवाद

मानव अधिकार र आम निर्वाचनबारे बुधबार धनगढीमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा यूरोपियन युनियनको सहयोगमा मानव अधिकार र आम निर्वाचनबारे अन्तरपुस्ता संवाद कार्यक्रम भएको हो ।
गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालको अध्यक्षतामा भएको कार्यक्रममा उनले साझा बुझाई र अनुभव साझा गर्नाका लागि, मानव अधिकारको बर्तमान स्थिति मुल्यांकन, यूवाको राजनीतिक सहभागिता प्रवद्र्धन, गैरसरकारी संस्था र सरकारी निकायविच समन्वय, नीति सिफारिस र कार्यदिशा तयार गर्नका लागि मानव अधिकार र आम निर्वाचनबारे अन्तरपुस्ता संवाद गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख झंकरबहादुर रावल देशमा समृद्धिका लागि सुशासन जरुरी रहेको बताए । राजनीतिक अस्थिरताबाट विकास हुन नसक्ने भन्दै सबै पुस्ताको समन्वय सहकार्य हुन जरुरी रहेको बताए ।
अन्तरसंवाद कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत शाह जेनजी पुस्ता आन्दोलनमा गलत तत्वले फाइदा उठाइको भन्दै सबै जना सजग हुनु पर्ने बताए ।
परिवर्तन जरुरी छ, उनले भने, भदौ २३ गते धेरै यूवा ज्यान गुमाए, तर परिवर्तन गर्ने नाममा २४ गतेको दिन जसको जता असुन्तष्ट थियो । त्यतै तोडफोड आगजानी गरे । त्यो चाही गलत हो ।
गैरसस महासंघका केन्द्रीय सदस्य सावित्रा घिमिरे अहिले पनि भयरहित मुक्त बातावरणमा चुनाव गर्न नसक्ने अवस्था रहेको बताए । चुनावलाई सफलता पूर्वक सम्पन्न गर्न अन्तरसंवाद कार्यक्रम निरन्तरता दिन जरुरी रहेको उनले बताए ।
जेनजी यूवा पदम साउँद मतदाताहरू निर्धक्क साथ मतदान गर्न पाउनु हक रहेकोले यसको लागि वातावरण बनाउन जरुरी रहेको बताए । उनले यूवा समुहको सहभागिता अनिवार्य रहेको बताए । त्यसै गरी यूवा समुहका सरिता जोशी अहिले हुने निर्वाचनमा विदेशमा रहेका यूवाहरूको मताधिकार सुनिश्चितता गनुपर्नेमा जोड दिए ।
पत्रकार शिवराज भट्ट जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका अपराधीका कारण र आन्दोलनका क्रममा लुटिएका हतियारले चुनौती थपिएको बताए ।
कार्यक्रमको संचालन गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका सचिव लोकमान धामी र स्वागत मन्तव्य महासंघका जिल्ला सचिव पवन भण्डारीले गरेका थिए ।




