अपांगता सम्बन्धी नीति कार्यान्वयनबारे अन्तरक्रिया

धनगढी, मंसिर ३ गते/ सुदूरपश्चिम प्रदेशमा अपांगता सम्बन्धी विद्यमान नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे बुधबार धनगढीमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल, धनगढीको आयोजनामा भएको कार्यक्रममा सरकारी अधिकारी, स्थानीय तहका प्रतिनिधि तथा अपांगता सम्बद्ध विज्ञहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेशमा रहेका अपांगता सम्बन्धी नीति, कार्यक्रम र सेवाहरूको वर्तमान अवस्था, व्यवहारिक चुनौती तथा सुधारका सम्भावनाबारे छलफल भएको थियो ।




