१० श्रावण २०८१, बिहीबार

आज ६२ औं वनस्पति दिवस



धनगढी / कैलालीमा आज विविध कार्यक्रमसहित ६२ औं वनस्पति दिवस मनाइने भएको छ ।

‘वनस्पतिको अनुसन्धान र नवप्रवर्तन राष्ट्रको उन्नयन’ भन्ने नाराका साथ वनस्पति दिवस मनाइने जनाइएको छ ।

दिवसका शिलशिलामा वनस्पति अनुसन्धान केन्द्रले कैलालीमा गत २३ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । यस क्रममा आइतबार सञ्चारकर्मीहरूसंग छलफल तथा अन्तक्र्रिया गरिएको छ ।

सो अवसरमा वनस्पति अनुसन्धान केन्द्रका प्रमुख गंगादत्त भट्टले वनस्पति सम्पदाको खोज तथा अध्ययन अनुसन्धान लगायतका विषयमा प्रस्तुति गरेका थिए ।

केन्द्र प्रमुख भट्टका अनुसार कैलालीमा आठ सय ६९ प्रजातिका वनस्पति रहेको वैज्ञानिक पुष्टाईसाथ अभिलेखीकरण गरिएको छ । उनले केन्द्रले परम्परागत ज्ञान तथा सीपको अभिलेखिकरण अन्तर्गत पा“च सय दुई प्रजातिको अध्ययन तथा अभिलेखिकरण गरेको बताए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश क्षेत्रमा पाइने औषधीय तथा सुगन्धित प्रजातीका वनस्पतिको तेल प्रतिशत निर्धारण तथा प्रमुख रसायनिक तत्वको पहिचान, जडिबुटी प्रजाति (कुरिलो, मेन्था, क्यामोमाइल) को खेती प्रविधि विकास तथा विस्तार, धनगढीस्थित देवहरिया वनस्पति उद्यान र गोदावरी संरक्षण क्षेत्रको स्थापना भइसकेको छ ।

केन्द्र प्रमुख भट्टले उद्यान र संरक्षण क्षेत्र स्थापना भए पनि त्यसको संरक्षणमा चुनौति कायमै रहेको चर्चा गरे । उनका अनुसार नेपालमा वनस्पतिमा विविधता रहेको छ । नेपालमा लेउ प्रजातिका नौ सय ९८, च्याउ तथा ढुसी प्रजातिका दुई हजार चार सय ६७, झ्याउ प्रजातीका एक हजार एक सय २३ तथा काई प्रजातीका एक हजार दुई सय १७ प्रजाती रहेका छन् ।

त्यस्तै, निउरो तथा उन्यूका पा“च सय ८२ प्रजाती सहित नेपालमा छ हजार तीन सय ८७ प्रजातिका फूल नफूल्ने वनस्पति पाइने गरेको छ ।

त्यस्तै, कोणधारी प्रजातिका २८, फूल फूल्ने प्रजातिका पा“च हजार तीन सय नौ तथा लालिगु“रासका ३२ प्रजाति रहेका छन् ।
नेपालमा मात्र पाइने फूल फूल्ने प्रजातीका वनस्पतिको संख्या तीन सय १२ रहेको छ भने फूल नफूल्न वनस्पतिको प्रजाति एक सय ९४ रहेको छ ।

त्यस्तै, नेपालमा पाइने वनस्पतिका प्रजातिमध्ये औषधिजन्य वनस्पतिको संख्या आठ सय १९ रहेकोमा अनुसन्धान र विकासका लागि प्राथमिकतामा राखिएको चिकित्सा संयन्त्र ३३ प्रजाति रहेका छन् ।

त्यस्तै, ३३ प्रजातिलाई कृषि प्रविधि विकासका लागि चिकित्सा संयन्त्रलाई प्राथमिकतामा राखिएको छ । नेपालमा १६ प्रजातिका वनस्पतिका विरुवाहरू संरक्षितमा राखिएको छ भने ६० प्रजातिका वनस्पतिलाई खतरामा परेको औषधीय वनस्पतिको सूचीमा राखिएको छ ।

केन्द्र प्रमुख भट्टले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रिठ्ठाको कारोबार हुने गरेको बताए । सन् २०२० को तथ्यांक प्रस्तुत गर्दै उनले सो एक वर्षको अवधिमा तीन सय ४४ मेट्रिक टन रिठ्ठाको कारोबार भएको थियो ।

त्यस्तै, सो एक वर्षमा एक सय ५९ मेट्रिक टन तेजपात, ७४ दशमलव सात टन काउलो, ५९ दशमलव ८५ टन अमलाको कारोवार भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा सन् २०२० मा यार्सागुम्बाको सबैभन्दा कम कारोवार भएको तथ्यांकले देखाएको छ । सो अवधिमा शून्य दशमलव ४९ टन मात्र यार्सागुम्बाको कारोवार भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष हिमाल जोशीले वनस्पति संरक्षण तथा प्रवद्र्धनमा सञ्चार क्षेत्रले कलम चलाउन आवश्यक रहेको बताए । उनले केन्द्रले पनि समय समयमा विभिन्न किसिमका छलफल तथा वनस्पतिका बारेमा सञ्चारमाध्यमलाई जानकारी दिन आवश्यक रहेको सुझाव दिए ।

केन्द्रका वैज्ञानिक अधिकृत मदनराज भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन नायव सुब्बा योगेन्द्रराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार