२९ आश्विन २०८१, मंगलवार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



घोडाघोडी/ कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार पालका अनुसार सडकमा हिँडिरहेको अवस्थामा सुपप्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटालाई घोडाघोडी अस्पतालमा लगिएको लगत्तै मृत घोषणा गरिएको थियो । 

प्रनाउ पालले मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १ बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेको बताए । 
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार