१४ बैशाख २०८१, शुक्रबार

मतदान स्थल र केन्द्र हेरफेर



धनगढी । २०७४ सालको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनका लागि कैलालीको चुरे गाउFपालिका वडा नम्बर ४ बालुवागडाका स्थानीयहरूले मतदान गर्न २० किलोमिटर भन्दा बढी यात्रा गर्नुपरेको थियो । सो वडाको मतदान केन्द्र तत्कालिन समयमा गर्भा दरवारस्थित वस्नेत आधारभुत विद्यालय तोकिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कार्यक्रम तथा अनुगमन समितिको बैठकले सो वडाका मतदाताको लागि सहजताका लागि सूर्यमुखी आधारभुत विद्यालय बालुवागडामा मतदान केन्द्र थप गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ का स्थानीयहरूले पनि मतदानका लागि १० किलोमिटरको यात्रा गरेर सरस्वती माध्यामिक विद्यालयको मतदान केन्द्रमा जानुपर्ने बाध्यता थियो । जिल्ला कार्यालय तथा अनुगमन समितिको बैठकले गोदावरी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालयमा मतदान केन्द्र थप गरेको छ ।

कैलाली जिल्ला निर्वाचन कार्यालयका अनुसार समितिको बैठकले चार वटा मतदान केन्द्र थप गरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा सिद्धार्थ आधारभूत विद्यालय, गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीको दुर्गा माध्यामिक विद्यालयमा मतदान केन्द्र थप गरेको जानकारी दिए ।

कैलालीको मोहन्याल गाउ“पालिका वडा नम्बर १, रक्साका स्थानीयहरूले कालिका राष्ट्रिय माध्यामिक विद्यालयमा मतदान गर्दै आएका थिए । भौगोलिक विकटताका कारण मतदाताहरूलाई पायक नपरेपछि समितिको बैठकले सोही वडाको राष्ट्रिय आधारभूत विद्यालय चोसेका“डालाई मतदान स्थल तोकिएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का मतदाताहरूले धनगढी उपमहानगरपालिकाको कार्यालय भवन अगाडी मतदान गर्दै आएका थिए ।

पमहानगरपालिकाको कार्यालय विभिन्न भौतिक संरचना थप गरेपछि अहिले सो मतदान स्थलमा स्थान अभाव हुन पुगेको छ । निर्वाचन कार्यालयका प्रमुख भट्टले समितिको बैठकले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का मतदाताका लागि त्रिनगर माध्यामिक विद्यालयलाई मतदान स्थल बनाउने निर्णय गरेको बताए ।

त्यस्तै, समितिको बैठकले कैलालीको जानकी गाउ“पालिका वडा नम्बर १ को सरस्वती माध्यामिक विद्यालय दुर्गौली, मोहन्याल गाउ“पालिका वडा नम्बर ३ को सुनपाल आधारभूत विद्यालय सा“वा, वडा नम्बर ३ कायजुवाको शान्ति माध्यामिक विद्यालय फल्लेविसौनीमा मतदान स्थल स्थानान्तरण गरेको जनाइएको छ ।

निर्वाचन कार्यालय प्रमुख भट्टले भने– अपायक परेका र स्थान अभाव भएका मतदान स्थललाई समितिको बैठकले हेरफेर गरेका छौं । उनले आगामी दिनमा हुने निर्वाचनमा सबै मतदातालाई सहज र मतदान अधिकारबाट वञ्चित हुन नदिन पनि मतदान स्थल स्थानान्तरण र मतदान केन्द्र थप गरेको बताए ।

कैलालीमा अघिल्लो निर्वाचनमा दुई सय ३१ मतदान स्थल र पा“च सय ३८ मतदान केन्द्र रहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद (प्रतिनिधि सभा) विघटन गरेर आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोकेको छ । आगामी निर्वाचनका लागि अब जिल्लामा चार वटा मतदान केन्द्र थप भएसंगै कैलालीमा पा“च सय ४२ मतदान केन्द्र पुगेका छन् ।

नेपाली काँग्रेसका उपसभापति प्रकाश बहादुर बमले मतदान स्थल तथा केन्द्र टाढा हु“दा धेरै मतदाताहरू मतदानको अधिकारबाट वञ्चित हुने गरेको बताए । उनले भने– हामीले पटक–पटक मतदान केन्द्र थप्नुपर्ने र मतदान स्थललाई भौगोलिक रुपमै मतदातालाई पायक बनाउनुपर्छ भन्दै आएका थियौं ।

उनले अहिले थपिएको मतदान केन्द्रले अधिका“स मतदाताहरू मतदानमा सहभागि हुने विश्वास व्यक्त गरे ।

कैलालीमा तीन वर्षको अवधिमा ३९ हजार चार सय ७८ मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनपछि कैलालीमा २०७७ पुस ५ गतेसम्म ३९ हजार बढी मतदाता थपिएसंगै मतदाताको संख्या पाँच लाख ४६ पुगेको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा दुई लाख ५६ हजार दुई सय चार महिला, दुई लाख ४३ हजार आठ सय ३२ पुरुष र १० जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

यस्तै, निर्वाचन कार्यालयले १५ गतेदेखि तीन दिनसम्म जिल्लाका १३ वटै स्थानीय तहको केन्द्रबाट मतदाता नामावली अध्यावधिक गर्न लागेको छ । उनले मतदाता नामावली अध्यावधिक अन्र्तगत मतदाता नामावलीमा समावेश भएको आफनो विवरणमा त्रुटि सच्याउन निवेदन दिने, मृत्यु भएका वा बसाईसरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउने, झुटा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को विषयमा उजुरी लिने लगायतका काम गरिने बताए ।

प्रमुख भट्टले मतदाता नामावली अध्यावधिक भएपछि आगामी निर्वाचनमा सहभागिता जनाउने मतदाताको यकिन संख्या आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार