६ कार्तिक २०८१, मंगलवार

बालबालिकाका समस्या सुल्झाउदै वालक्लव



टीकापुर । टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफै“लाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफै“लाई पढाउने शिक्षकलाई नराम्रो दृष्टिले मन पराउनु गलत हो भन्ने थाहा भए पनि उनका मनमा गलत विचार आउन थाले । मनमै कुरा खेलाउ“दा उनको पढाइ बिग्रिदै गयो ।
उनी विद्यालय आउनै छोडिन् । वडामा गठन भएको बाल क्लवका सदस्य ती किशोरीले विद्यालय आउन छोडेको जानकारी पाएपछि उनको घर गए । किशोरीलाई परिवारका सदस्यले गाली मात्र गर्ने गरेका रहेछन् । बाल क्लवका किशोरकिशोरीले उनलाई एक्लै राखेर लामो छलफल गरेपछि उनले कुरा खोलिन् ।
हरियाली बाल क्लवका अध्यक्ष कविर विक क्लवमा किशोरकिशोरीका समस्या र समाधानका उपायबारे छलफल गर्ने गरेको बताए । ‘हाम्रो समाजमा अझै बालबालिकाको मञ्जुरी बिना बालविवाह हुन्छ । यसको हामी विरोध गर्छौ“’ अध्यक्ष विक भने– महिनामा दुई÷तीन पटक हामी बस्छौ“, छलफल गर्छौ“ । हामी यौन तथा प्रजनन शिक्षाका कुरामा समेत छलफल गर्छौ“ ।
छोरीहरूलाई घरको काम धेरै हु“दा बैठकमा समेत आउन नपाएका बताउ“दै उनले भने– छोराहरू विद्यालयपछिको समय फुर्सदमा हुन्छन्, तर छोरीहरू घरको कामबाट फुर्सद पाउ“दैनन् । समान व्यवहारका लागि हामीले अभिभावकस“ग पनि छलफल गर्न थालेका छौ“ ।
बाल क्लवका पदाधिकारीले बालबालिकासम्बन्धी भइरहेका घटना न्यूनीकरणका लागि छलफल गर्ने र विद्यालय छाड्नेलाई विद्यालयसम्म ल्याउने काम गर्छन् । उनीहरू ले लैगिक हिंसा, बालअधिकार, समस्यामा परेकालाई सहजीकरण गर्छन् । छोराछोरीमाथि विभेद, छोरीलाई संस्कारको बन्धनलगायतका विषयमा किशोरकिशोरीले बैठकमा विचार साटासाट गर्छन् ।
टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारा दीपशिखा बाल क्लवका अध्यक्ष तथा टीकापुर नगरपालिकास्तरीय बाल संरक्षण समितिका सदस्य अप्सा चौधरी क्लवले लकडाउनका समयमा बालविवाहविरुद्ध जनचेतना फैलाउने काम गरेको बताए । ‘लकडाउनपछि विद्यालय बन्द हु“दा बालविवाह बढ्नसक्छ भनी समुदायमा गएर छलफल चलायौ“’, अप्साले भनिन्– समुदायमा बालबालिकासम्बन्धी भएका घटना र किशोरावस्थामा आवश्यक पौष्टिक आहाराका बारेमा समेत छलफल गरेका छौ“ ।
दीपशिखा वाल क्लवका कोषाध्यक्ष सविन चौधरी बाल क्लवमा आबद्ध भएपछि उनको आनीबानी परिवर्तन भएको छ । विगतमा परिवारको अटेरी बच्चाका रूपमा रहेका सविन आजभोलि गाउ“मा अभियानकर्मी बनेका छन । ‘म घरबाहिर बढी डुल्थे“, अटेरी थिए“ । घरमा भनेको मान्दिनथे“ । आजभोलि राम्रो पढ्छु’, सविनले भने, ‘घरमा ज्ञानी भएको छु । अरुलाई समेत सिकाउ“छु । लकडाउनका बेला हामीले समुदायमा कोरोना भाइरस संक्रमणबारे जनचेतना जगाउने काम गर्यौ“ ।’
बाल क्लवका पदाधिकारीले स्थानीयस्तरमा हुने विकासका कार्यमा बालबालिका सहभागी गराउनुपर्ने माग गर्न थालेका छन् । स्थानीय तहले छनोट गर्ने योजना बालमैत्री हुनुपर्ने उनीहरू को माग छ । कैलालीको टीकापुरमा रहेको बाल कल्याण संघले बाल क्लव गठन गरेर बालबालिकालाई सचेत बनाउने र सामाजिक कार्यमा सक्रिय बनाउने काम गरिरहेको छ । बालबालिकालाई भेद्भाव, शोषण, दुव्र्यवहार, अपहेलना, यौन शोषणजस्ता कार्यबारे सचेत गराउन संघले नगरपालिकाभित्र १७ वटा बाल क्लव गठन गरेको छ । क्लवका पदाधिकारीलाई शुरुमा तालीम दिएर हाल उनीहरू ले समुदायमा तालीम दिन थालेका छन् ।
बाल कल्याण संघका निरीक्षक द्रोपती तिमिल्सिनाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरू लाई गलत बाटोमा लाग्न नदिन क्लवमार्फत जिम्मेवार बनाउन थालेको बताइन । ‘बालबालिकाई सही मार्गमा हि“डाउन सबैको महत्वपूर्ण भूमिका हुनुपर्छ’, तिमिल्सिनाले भनिन्, ‘बालबालिकालाई किशोरावस्थामा जिम्मेवार बनाउन सके समाज सुन्दर हुन्छ । उनीहरू समाज विकासमा लागे भविष्य सुन्दर हुन्छ ।’
बाल अधिकारबारे बालबालिका सचेत बनाउन सरकारले पनि बालबालिकाई नेतृत्वमा ल्याउने प्रयास थालेको छ । सरकारले हरेक स्थानीय तहमा बाल संरक्षण समिति गठन गरेर उनीहरू लाई सामाजिक जिम्मेवारी दिएको छ । ‘बालबालिका स्थानीय सरकारका सबैखाले अभियानमा सहयोगी बनेका छन’, टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्यले भनिन्, ‘बालबालिकाका समस्या र आवश्यकता उनीहरू लाई नै थाहा हुने भएकाले उनीहरू लाई सचेत गराउन सरकार सहयोगी भएको छ ।’
वडाध्यक्ष आचार्य बालबालिकालाई बाल संरक्षणसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रावधान, महासन्धि र त्यसले प्रत्याभूत गरेका विषयबारे सचेत बनाउने कार्य स्थानीयस्तरमा शुरु गरिएको बताए । ‘बालबालिका सचेत भएमात्र समाजले राम्रो उत्पादन पाउने भएकाले हामी जिम्मेवार बनेका छौ“’, वडाध्यक्ष आचार्यले भने, ‘हरेक अभिभावकले बालबालिकालाई गलत संगतमा लाग्नबाट जोगाउन सचेत बन्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार