१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभा : सांसदहरूको प्रश्नैप्रश्नको बौछार



धनगढी। सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले प्रदेश सरकारमाथि प्रश्नैपश्नको बौछार गरेका छन् । प्रदेश सभामा प्रतिपक्षी दल मात्रै नभएर सत्तापक्षीय प्रदेश सभा सदस्यहरू समेत सरकारका कामकारबाहीप्रति असन्तुष्टी व्यक्त गर्दै प्रश्नको ओइरो लगाए ।
प्रदेश सभाको आइतबारको बैठकको सून्य समयमा भाग लिएका सत्तापक्ष तथा प्रमुख प्रतिपक्ष तथा प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरूले सरकारले जनअपेक्ष“नुसार काम गर्न नसकेको आरोप लगाए । प्रदेश सांसदहरूले किसानले भोगिरहेका कठिनाई र पीडा, महंगी, विकास निर्माण कार्यमा भइरहेको ढिलासुस्ती तथा अनियमिता, प्रदेश सभाले बनाएका कानुन कार्यान्वयनमा भइरहेको उदासिनता, प्रदेश सरकारका कार्यक्रम र बजेटका साथै सीमा अतिक्रमण लगायतका विषयमा प्रदेश सरकारमाथि प्रश्नमाथि प्रश्न गरे ।
बैठकको सून्य समयमा भाग लिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनाता पार्टी (राजपा) का प्रदेश सभा सदस्यहरूले विविध विषयमा सरकारको जवाफ माग समेत गरेका छन् ।
बैठकको सून्य समयामा भाग लि“दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रणबहादुर रावलले सभामा सीमा अतिक्रमणको विषयमा दर्ता गरिएको संकल्प प्रस्तावमाथि छलफल शुरु नहुनुको कारण माग गरे ।
नेता रावलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्याको विषयमा सांसद्हरूले गरेको प्रश्नको जवाफ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट नआउनुको कारणबारे जवाफ दिन माग गरे ।
उनले प्रदेश सरकारले प्रदेश योजना आयोग बनाउन ढिलासुस्ती गरेको, योजना आयोग नबनाएर मनपरी ढंगले योजना बनाउने र कार्यान्वयन गर्ने प्रवृत्ति बढेकोप्रति सरकारको आलोचना गरे ।
उनले लसुनको भाउ निरन्तर बढिरहेको, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य अचाक्ली बढेको चर्चा गरे । उनले भने– सरकारले दैनिक उपभोग्य वस्तुको बढ्दो मुल्यबृद्धि नियन्त्रण गर्न पहल गर्नुप¥यो ।
उनले स्थानीय जनप्रतिनिधिहरूको सुविधा सम्बन्धी व्यवस्था मिलाउन आग्रह गरे ।
सून्य समयमा भाग लि“दै नेकपाका प्रदेश सांसद् महेशदत्त जोशीले कैलाली र कञ्चनपुरमा लागू औषधु दुव्र्यसनीको संख्या बढेको तथा कञ्चनपुरको बेलौरीदेखि कैलालीको टीकापुरसम्मका विभिन्न सीमानाकामा खुलेआम तस्करी भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गरे ।
सांसद जोशीले विभिन्न सिमानाकाबाट तस्करी, लागूऔषध र साना हतियार तस्करी भइरहेको चर्चा गर्दै कडाईका साथ नियन्त्रण गर्न सरकारसंग माग गरे ।
सांसद् जोशीले चुरेमा काठ तस्करी बढेको, बैज्ञानिक बनको नाममा चुरेका भिरालो ठाउहरूमा पनि वन फडानी बढेको बताए । उनले टंकी बनिसकेका खानेपानी योजनाहरू संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि अलपत्र परेको आरोप लगाए ।
नेकपाकै प्रदेश सांसद् कुलविर चौधरीले कञ्चनपुरका उखु किसानहरूले सरकारले निर्धारण गरेको समर्थन मुल्य पाउन नसकेकोप्रति सरकार गम्भीर हुन आग्रह गरे । उनले सरकारले उखुको मुल्य प्रति क्विन्टल पा“च सय ५६ रुपैया“ निर्धारण गरेको भए पनि किसानले चार सय ७१ रुपैया“ मात्रै पाइरहेको बताए । उनले भने– उखु किसानले सरकारबाट पाउनुपर्ने प्रतिक्विन्टल ६५ रुपैया“ तत्काल पाउने व्यवस्था गरिनु पर्दछ ।
उनले किसानहरूले लालपुर्जा भएको जमिनमा पनि सीमा समस्याका कारण उपयोग गर्न नपाएको पाएको बताए ।
राजपाका सांसद् कृष्णबहादुर चौधरीले कविता मार्फत् सरकारप्रति कटाक्ष गरे । उनले कवितामै किसान, सीमा अतिक्रमण, असुरक्षा, बजेट कार्यान्वयनमा भइरहेको ढिलाई लगायतका विषयमा सरकारको ध्यानाकर्षण गरे । उनले लिम्पियाधुरा, कालापानी अतिक्रमणको विषयमा नेपाली कांग्रेसले दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल गराउन माग गरे ।
उनले टीकापुर घटना र थरुहट आन्दोलनको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले लक्ष्मण थारु नेतृत्वको थरुहट÷थारुवान संघर्ष समितिले उठाएको माग सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेकपाका सांसद् नेपालु चौधरीले गाउ“पालिकामा स्वास्यकर्मीको अभावलाई पुरा गर्न माग गरे । उनले नगरपालिकामा स्वास्थ्यकर्मी थुपारिएर राखेको भए पनि गाउपालिका र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुदा जनताले स्वास्थ्य सेवा पाउन नसकेको बताए ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरूले भत्ता पाउन नसकेको विषयमा सरकारको ध्याननाकर्षण गराए ।
नेकपाका सांसद् शान्ति नेपालीले सीमा अतिक्रमणको विषयमा निर्णय लिन प्रदेश सभालाई आग्रह गरिन् । उनले सो विषयमा सभामा छलफल गर्न अनुरोध गरिन् ।
उनले वर्र्षा र हिमपातका कारण ईटा उद्योगका साथै केरा लगायतका बालीहरूमा ठूलो क्षति पुगेको बताए । उनले कोदो, मकै र फापर लोप हुने अवस्थामा पुगेको बताउदै ती रैथाने बाली संरक्षण गर्न ब्लक र पकेट कार्यक्रम ल्याउन सरकारसंग माग गरिन् ।
नेकपाका सांसद् लिलाधर भट्टले दुई लाख रुपैयाका योजना पनि सम्झौता गर्न र भुक्तानी लिन मन्त्रालय धाउनुपर्ने समस्याका कारण संघीयताप्रति जनताको विश्वास गुम्ने चिन्ता व्यक्त गरे । उनले मातहतको कार्यालय नभएको ठाउमा संघीय ईकाई र स्थानीय तहसंग मिलेर काम गर्न सरकारको ध्यानाकर्षण गरे ।
उनले सुशासन विधेयक पास भएर पनि हालसम्म प्रमाणीकरण नभएको भन्दै प्रमाणीकरण गराउन नसक्नुको जवाफ माग गरे । उनले प्रदेशका मन्त्रालयहरूको वेबसाईट अपटेड नभएको बताउँदै अपडेट नहुनुको कारण माग गरे ।
सांसद् भट्टले स्वरोजगार कोषका लागि एक अर्व रुपैया“ विनियोजन भए पनि कोष स्थापना हुन नसक्नुको कारण माग गरे । उनले प्रादेशिक बस सेवा सञ्चालन गर्ने कार्य कहा“ पुग्यो ? भनेर सरकारको जवाफ माग गरे । उनले प्रदेश राजधानी घोषणा भएपछि त्यसका लागि जग्गा प्राप्ति र डिपिआरको काम कहा“सम्म पुग्यो भनेर प्रश्न गरे ।
सांसद् भट्टले कानुन निर्माणको विषयमा सुदूरपश्चिम अगाडि रहे पनि जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा कानुन निर्माण गर्न प्रदेश सरकारले ध्यान नदिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।
उनले भवन निर्माण, अन्तर प्रदेश बासिन्दा, संघसंस्था दर्ता, प्रदेश पर्यटन, औद्योगिक व्यापार, निजी, साझेदारी र सहकारी लगानी’, विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय र यातायात सम्बन्धी व्यवस्था गर्न विधेयक ल्याउन प्रदेश सरकारलाई आग्रह गरे ।

साझेदारी व्यवसाय दर्ता विधेयकमाथि दफावार छलफलको प्रतिवेदन पेश

प्रदेश सभाको आइतबार बसेको बैठकमा साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलको विधेयक पेश गरिएको छ ।
प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा छलफल गरी तयार गरेको प्रतिवेदन सभामा पेश गरेका हुन् । उनले विधेयकमाथि केही संशोधनसहित प्रतिवेदन पेश गरेको बताए ।
समितिले सो विधेयकमाथि कानुन विज्ञ र उद्योगी व्यवसायीलाई समेत बोलाएर छलफल गरेको थियो । साथै भिडियो कन्फरेन्स मार्फत् नौ जिल्लाकै समन्वय समिति र उद्योग वाणिज्य संघका पदाधारीसंग विधेयकको दफामा छलफल गरेको थियो ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो विधेयक तयार गरेको हो ।
प्रदेश सभाको अर्को बैठक सोमबार (आज) दिउसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार