११ श्रावण २०८१, शुक्रबार

एमसीसीकाे विरोध नौ दल



धनगढी । नौ वटा राजनीतिक दलले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालका लागि आवश्यक नभएको बताएका छन् ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, नेकपा र राष्ट्रिय जागरण परिषद्को संयूक्त आयोजनामा शुक्रबार धनगढीमा भएको विरोध सभामा नेताहरूले एमसीसी मुलुकका लागि हानीकारक रहेको बताए ।
विरोध सभामा नेकपा (माओवादी केन्द्र) का केन्दीय उपाध्यक्ष रंगनाथ ढकालले एमसीसी अमेरिकी सैन्य नीतिको अंग भएको दाबी गर्दै यो नेपालका लागि आवश्यक नभएको चर्चा गरे ।
उनले नेपालमा एमसिसि लागु भएमा नेपालको विकास भन्दा पनि सिरिया लगायतका अन्य मुलुकजस्तै हालत हुने ठोकुवा गरे ।
उनले एमसिसि राष्ट्रघाति भएको र त्यसलाई रोक्न आम जनता एकजुट भएर लड्नु पर्ने बताए ।
उनले अमेरिकाले चीनको प्रभाव रोक्नका लागि एमसीसी ल्याएको बताए । विरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टले नेपाली जनता गरिव भए पनि राष्ट्रनीतिमा कुनै पनि हालतमा नझुक्ने बताए ।
उनले भने– अहिले सरकारमा रहेका पार्टीका कार्यकर्ताहरूले एमसिसिमा भएका विरोधभाषी बु“दाहरू संशोधन गरेर लग्नुपर्ने सुझाव दिएका छन् ।
उनले महाकाली सन्धी पारित हुनु अघि भएको घटनाको स्मरण गर्दै भने–महाकाली सन्धीमा कुनै संशोधन भएन, त्यसैले अहिलेसम्म त्यसबाट हुने लाभ पनि नेपालीले पाएका छैनन् । उनले संशोधन भन्नु नेपाली जनतालाई झुक्याउने बहानामात्र भएको बताए ।
उनले भारतले कालापानीमा आफनो सेना राख्दा कुनै पनि सरकारले नबोलेको बताए । भने– यो सरकारप्रति शुरुमा केही आशा थियो, तर भारत सरकारलाई पत्र पठाउने बाहेक कुनै पनि काम भएन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्र्दै भने– तपाईंले राष्ट्रियताको नारा लिएर बहुमतको सरकार गठन गर्न पाउनु भयो । अझै पनि कालापानीबाट भारतीय सेना हटाउन सक्नु भएन भने जनताले नै यो सरकार ढाल्नेछन् ।
राष्ट्रिय जनमोर्चाका प्रदेश संयोजक नन्दराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माले स्थायी समिति सदस्य सुरेन्द्र ढकाल, नेपाल कम्यूनिष्ट पार्टी केन्द्रिय सचिवालय सदस्य कृष्णहरी भट्ट, नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य रामबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल केन्द्रिय सदस्य विष्णु दमाई, नेकपा मसाल कैलाली प्रवक्ता मिलन माही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्रान्तिकारी माओवादीका प्रदेश सचिव राम महराले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य लोकराज जैशीले गरेका थिए ।
यसअघि धनगढीको क्याम्परोडदेखि बसपार्क हु“दै पार्कमोडसम्म कालापानीबाट भारतीय सेना फिर्ता गर, एमसिसि खारेज गर लगायतका नाराबाजी गर्दै विरोध र्याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार