१२ श्रावण २०८१, शनिबार

पोष्टमार्टम रिपोर्ट गलत भन्दै अस्पताल घेराउ तथा प्रदर्शन



धनगढी । कैलालीको अत्तरियामा मृत अवस्था फेला परेकी उर्मिला बिष्ट कार्कीको पोष्टमार्टम रिपोर्ट गलत भन्दै उनका आफन्तहरू आन्दोलनमा उत्रेका छन् ।
मृतक उर्मिलाका आफन्तहरूले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषिमाथि कडा कानूनी कारबाहीको माग गर्दै मंगलबार धनगढीको चौराहादेखि सेती प्रादेशक अस्पतालसम्म प्रदर्शन गर्नुका साथै अस्पतालमा केही समय घेराउ गरे ।
गत १८ गते गोदावरी नगरपालिका वडा नम्वर २ घर भएकी २३ वर्षिया उर्मिला मृत अवस्थामा फेला परेकी थिईन् ।
आफन्तहरूले उर्मिलाको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य अनुसन्धान गर्नुको साटो दोषिहरूलाई बचाउने चलखेल भएको आरोप लगाएका छन् ।
यसैबीच अन्तर पार्टी महिला सञ्जालले घटनाको छानबिनको माग गरेको छ । सञ्जालले मंगलबार विज्ञप्ति जारी गर्दै घटना रहस्यमय र शंकास्पद रहेको भन्दै छानबिनको माग गरेको छ ।
अन्तर पार्टी महिला सञ्जाल कैलालीका अध्यक्ष बसन्ती सोव र सचिव सरस्वती बस्नेतद्वारा जारी गरिएको बिज्ञप्तिमा घटनाको छानबिन गर्दै दोषी माथि कारबाहीको माग गरिएको छ ।
बिज्ञप्तिमा उर्मिला विष्ट कार्कीले न्याय नपाए कडा आन्दोलन गर्ने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार