११ श्रावण २०८१, शुक्रबार

भ्रमण वर्ष : एक महिनामै उत्साह सेलायो ?



निकै तामझामका साथ उदुघाटन गरिएको नेपाल भ्रमण वर्ष २०२० को एक महिना पुगिसकेको छ । झण्डै एक वर्षको तयारी पछि शुरु भएको नेपाल भ्रमण वर्षप्रति संघीयदेखि प्रदेश र स्थानीय सरकारहरूले निकै अपेक्षा गरेका छन् । एक वर्षसम्म सञ्चालन हुने भ्रमण वर्षको अवधिमा लाखौ पर्यटक भित्राउने लक्ष्य राखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले यो अवधिमा खासगरी भारतीय पर्यटकलाई उल्लेख्य रुपमा भित्राउने लक्ष्यसहित विभिन्न कार्यक्रम घोषणा गरेको छ । प्रदेश सरकारको चालूअ ार्थिक वर्षको बजेट मै प्रदेशका विभिन्न जिल्लाका सात स्थानमा पर्यटन सूचना केन्द्र स्थापना गर्न रकम विनियोजन गरेको छ । सुदूरपश्चिमका पर्यटन गन्तव्यको व्यापक प्रचारप्रसार, पर्यटकको बसाई लम्ब्याउनेदेखि पर्यटन विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने पटकपटक घोषणा भएका छन् । तर, नेपाल भ्रमण वर्षको पहिलो एक महिना वित्दै गर्दा जोसजा“गर नै सेलाएको अनुभव हुदैछ । प्रदेशको पर्यटन मन्त्रालयले अहिलेसम्म पर्यटन सूचना केन्द्र स्थापना तथा सञ्चालनका लागि ठोस पहल नै गर्न सकेको देखिदैन । पर्यटन सूचना केन्द्र, पर्यटन गन्तव्यबारेका सूचनामूलक सामग्री, वर्षभरी सञ्चालन हुने कार्यक्रम तालिका तथा गतिविधि, पर्यटकको अभिलेखीकरण, पर्यटन विकासका यावत आयामलाई समेटेर गहन प्राज्ञिक बहसका साथै सरकार र निजी क्षेत्रको समन्वयमा ठोस कार्यक्रमहरू पहिले नै तय गरिनु पर्दथ्यो । तर, भ्रमण वर्षको एक महिना नवित्दै उत्साह नै सेलाएको देखिदैछ ।
भ्रमण वर्षको पहिलो एक महिना सुदूरपश्चिम प्रदेशमा कैलाली तथा कञ्चनपुरका सिमानाका हु“दै भारतीय पर्यटकको उल्लेख्य आगमन भएको देखिन्छ । खासगरी यस वर्ष डडेल्धुरा, डोटी लगायतका प्रदेशका पहाडी, हिमाली जिल्लाहरूमा लगातार हिमपात भएका कारण हिउ हेर्न तथा हिउमा खेल्नका लागि उल्लेख्य संख्यामा भारतीय तथा नेपाली पर्यटक गएको देखिन्छ । तर, अहिले पर्यटकको आगमन तथा चहलपहल सेलाएको देखिदैछ । न त प्रदेश सरकार वा स्थानीय सरकारहरू अथवा निजी क्षेत्रले समेत बाह्य तथा आन्तरिक पर्यटक भित्राउन कुनै ठोस योजना र कार्यक्रम, प्याकेज नै प्रस्तुत गर्न सकिरहेका छन् । भ्रमण वर्षको शुरुका एकदुई साता प्रदेशका केही स्थानीय तहले केही कार्यक्रम आयोजना गरे पनि त्यसपछिका दिनमा प्रदेश तथा स्थानीय सरकार र स्थानीय सरकारहरूबीचको समन्वयमा खासै कार्यक्रम प्रस्तुत गरिएको देखिदैन ।
नेपाल भ्रमण वर्ष सुदूरपश्चिम प्रदेशका लागि विशेष महत्व राख्छ भन्नेमा दुईमत रहदैन । सुदूरपश्चिम प्रदेश अझै पनि पर्यटनका दृष्टिकोणले भर्जिन हो । भौतिक पूर्वाधारको कमीका कारण अझैंसम्म पनि सुदूरपश्चिम प्रदेशका बढि सम्भावना भएका पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन तथा लामो बसाईको अवस्था निकै कमजोर रहेको छ । प्रदेशको खप्तड होस् वा शुक्लाफा“टा अथवा हिमाल शृंखला हुन् अथवा धार्मिक पर्यटकीय स्थल हुन्, बाह्य पर्यटकको आगमन नगण्य रहेको अवस्था छ । नेपाल भ्रमण वर्षलाई सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको कोशेढुंगाका रुपमा स्थापित गर्ने हो भने यसलाई निर्णायक अवसरका रुपमा उपयोग गर्नेतर्फ ध्यान जानु अनिवार्य हुन्छ । यो एक महिनामा पर्यटक आगमनको अवस्था, भएगरेका कमीकमजोरी तथा पर्यटन गन्तव्यको प्रचारप्रसारको अवस्था आदिको गहन समिक्षा गर्दै बा“की अवधिका लागि ठोस योजना सहितका कार्यक्रम ल्याउनेतर्फ पहल जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार